२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

कुमारी बैंकको एटिएम तथा पिओएसमा युनियनपे कार्ड चल्ने

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । कुमारी बैंकले एटिएम तथा पिओएस (पोइन्ट अफ सेल) टर्मिनलमा युपिआई (युनियनपे इन्टरनेसनल) का कार्ड चल्ने भएको छ । बैंकले अबदेखि टर्मिनलमा युपिआई (युनियनपे इन्टरनेसनल) का कार्ड स्वीकार्ने भएको हो।

डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव उपलब्ध गराउन नेपालभर बैंकका सबै एटिएम तथा पिओएस टर्मिनलमा यो सेवा उपलब्ध हुनेछ।

सुविधाबाट अब युपिआई कार्ड प्रयोगकर्ताले बैंकको एटिएममार्फत रकम झिक्न र पिओएस टर्मिनलमार्फत खरिद भुक्तानी सहज हुनुका साथै व्यापारीलाई पनि लाभ हुने विश्वास बैंकको छ।

हाल बैंकले ३०२ शाखा, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट