२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने ‘चेयरपर्सन कार्यक्रम’ सम्पन्न

बिहिवार , पौष ४, २०८१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लव सदस्य सम्मान तथा तालिम कार्यक्रम काठमाडौंस्थित होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ ।

आ.व. २०८०/२०८१ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४९१ जना अभिकर्ताहरुलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको समुपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको चेयरपर्सन क्लब कार्यक्रममा अथक परिश्रम र मेहनतबाट तोकिएको लक्ष्य पुरा गरी सदस्यता प्राप्त गर्ने सबैलाई बधाई ज्ञापन गर्दै छनौट भएका सबै अभिकर्ताहरुलाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधाहरुमा सर्वोत्कृष्ट घोषित भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गरिएको थियो ।

सो अवसरमा अध्यक्ष सिंहले आ.व. २०८०/८१ मा समग्र जीवन बीमा बजार ९.९४ प्रतिशतले वृद्धि भएकोमा कम्पनीले १७ प्रतिशतले वृद्धि गर्न सफल हुनुमा अभिकर्ताहरुको अतुलनिय योगदान रहेको बताइन् । साथै उनले कम्पनीको वित्तिय सूचकहरु पनि सन्तोषप्रद रहेको तथा कम्पनीको वित्तिय संरचना, कम्पनीका प्रचलित बीमा योजनाहरु, बीमितहरुलाई प्रदान गर्दै आएको प्रतिफल बोनसदर, पुँजी बजारमा कम्पनीको उपस्थिती, व्यापक अभिकर्ता संजाल आदि सबैले आउने दिनहरुमा कम्पनीले थप प्रगती गर्नेमा विश्वस्त रहेको बताइन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत भाषणका क्रममा कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहसंग सम्वन्धित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी केही नयाँ अभ्यासहरु शुरु गरेको र यसबाट व्यवसायिक अभिकर्ताहरुलाई प्रत्यक्ष लाभ पुगेको बताए ।

साथै उनले चेयरपर्सन क्लब कार्यक्रमलाई थप मर्यादित र आकर्षक बनाउन विगत देखि नै प्रयास गर्दै आई रहेको हुँदा उत्कृष्ट व्यवसाय गर्ने व्यवसायिक अभिकर्ताहरु थप उत्साहित भएको बताए ।

कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई सम्पत्ती शुद्धिकरण सम्वन्धी जानकारी दिने उदेश्यले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए भने चर्चित प्रशिक्षक अमित शर्माले कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गरेका थिए ।

उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै कुनै पनि कार्यमा सफलता हासिल गर्नका लािग आफ्नो काममा विशेष फोकस गर्नुपर्ने बताए ।

सो समारोहमा, आ.व. २०८०/८१ मा १०० वा सो भन्दा बढि बीमालेख बिक्री गर्न सफल अभिकर्ताहरु, नेशनल स्टार र नेशनल सुपर स्टार घोषित अभिकर्ताहरु, विगत १० बर्ष देखि निरन्तर चेयर पर्सन क्लबमा छनौट हुने अभिकर्ताहरु, आ.व. २०८०/८१ मा संजाल व्यवसायमा नेपालभरबाट उत्कृष्ट व्यवसाय गर्ने ७ जना र आफ्नो कोडबाट उत्कृट व्यवसाय गर्ने ७ जना अभिकर्ताहरुलाई पनि विशेष सम्मान गरिएको थियो ।

यसैगरी, नेपालभरबाट आफ्नो कोड र संजालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वित्तिय र तृत्तिय हुने अभिकर्ताहरु र समूहगत व्यवसायबाट प्रथम हुने १ जना गरी ७ जना अभिकर्ताहरुलाई लाई विशेष सम्मानको आयोजना गरी सम्मान पत्र लगाएत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।

सम्मानित बिजनेश लिडरहरुले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट