२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह

बिहिवार , पौष ४, २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन् ।

वैद्यखानाको औषधि उत्पादन अवस्थाबारे आज अनुगमन गर्दै उनले वैद्यखानाका कर्मचारीहरुलाई भने, “बजारमा वैद्यखानाको औषधिको माग छ, उत्पादन बढाउनुस ।”

मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधि किन्न खोज्दासमेत नपाइने अवस्था आएकाले आवश्यक कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न निर्देशन दिए । “बजारमा बिक्ने चिज हामी किन उत्पादन गर्न सक्दैनौँ रु आवश्यक बजेट अभाव हुन दिन्नौँ तर उत्पादन बढाउनुस्”, उनले भने ।

कर्मचारीहरुले स्रोत अभाव भएको गुनासो गरेपछि मन्त्री पौडेलले केही समयअघि वैद्यखानाका लागि बजेट विनियोजन गरेको उल्लेख गर्दै सार्वजनिक संस्थानहरुलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब ख्वाउने रकम सरकारले दिन नसक्ने प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट