२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल आइपुगे भारतका चर्चित गायक सोनु निगम

बुधवार , पौष १०, २०८१

काठमाडौं । भारतका चर्चित गायक सोनु निगम नेपाल आइपुगेका छन् । क्रिसमस अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिन चर्चित भारतीय गायक सोनु निगम अपरान्ह काठमाडौं आइपुगेका हुन् ।

बुधवार क्रिसमसको अवसरमा बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा आफ्नो सांगीतिक प्रस्तुति दिन निगम अपरान्ह काठमाडौं आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरे । निगमको सांगीतिक समूहका सदस्यहरू बुधबार बिहानै तयारीका लागि आइसकेका थिए ।

उनलाई आयोजक टीमले नेपाली ढाका टोपी लगाएर स्वागत गरेका थिए ।

नेपाल टेकेपछि निगमले आफ्नो प्रस्तुति दिन आफू उत्साहित रहेको प्रतिक्रिया दिए । झण्डै १० हजार दर्शक निगमको कन्सर्टमा सहभागि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार