२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न मेडिकल व्यवसायी संघको माग

बिहिवार , पौष ११, २०८१

काठमाडौं । नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न माग गरेको छ ।

बिहीबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न सरकारसँग माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव कृष्णप्रसाद बजगाईंले मलेसियाको सिन्डिकेट अन्त्य गर्न सरकारसँग पटक—पटक माग गर्दा समेत बेवास्ता गरेको बताए । उनले देशैपिच्छे स्वास्थ्य क्षेत्रमा सिन्डिकेट देखिएको बताउँदै त्यो अन्त्य गर्नु सरकारसँग माग गरे ।

उनले मलेसियामा मरिसकेको सिन्डिकेट यो वा त्यो बहानामा जन्मिनु नहुने बताए । उनले दुई अर्ब बढी लगानी रहेको, दुई हजार भन्दा बढी प्राविधिक कर्मचारीको संलग्नता रहेको र करिव १० हजार व्यक्तिहरू आश्रित रहेको क्षेत्र सिन्डिकेटको नाममा तहसनहस बनाउन खोजिएको बताए ।

उनले गुणस्तरीय सेवाको सुनिश्चितता लागि प्रणालीमा सुधार गर्नुपर्ने बताए । उनले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्था वैदेशिक रोजगार ऐन, २०६४ समय सापेक्ष परिमार्जित गर्नुपर्ने माग पनि गरे ।

उनले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा एकरूपता कायम हुने स्वास्थ्य परीक्षण प्रतिवेदन तयार गरी सबै देशको स्वास्थ्य परीक्षण सबै स्वास्थ्य संस्थाले गर्न पाउने गरी एकै किसिमको सफ्टवेयर प्रणाली अनिवार्य रूपमा स्वास्थ्य संस्थाहरूमा लागू गर्नुपर्ने माग राखे ।

संघले सबै देशको स्वास्थ्य परीक्षण शुल्क वैज्ञानिक ढंङ्गले निर्धारण गरी एकरूपता कायम गरिनुपर्ने समेत माग गरेको छ । संघले केही व्यवसायीले मलेसियामा सिन्डिकेट लादेको बताउँदै अन्त्य गर्नुपर्ने माग गरेको छ ।

हाल श्रम मन्त्रालय अन्तर्गत २१२ वटा स्वास्थ्य संस्था दर्ता भएर स्वास्थ्य परीक्षण गराउँदै आएकामध्ये ३६ वटा संस्थाले मलेसियामा सिन्डिकेट लगाइरहेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट