२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

मनोज ज्ञवाली नबिल बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा बढुवा

आइतवार , पौष १४, २०८१

काठमाडौं । मनोज ज्ञवाली नबिल बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा बढुवा भएका छन् । उनी आइतबारदेखि सिनियर डिसिओमा बढुवा भएका हुन् ।

बैंकको सञ्चालक समितिले उनलाई गत २६ तारिखमा बढुवा गरी आईतबार पत्र दिएको हो ।

ज्ञवालीले २०७७ जेठमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएर नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए ।

ज्ञवाली बैंकको सिनियर डिसिओमा बढुवा भएसँगै अब बैंकमा दुई जना सिनियर डिसिओ भएका छन् । यसअघिदेखि नै सुजितकुमार शाक्यले नबिल बैंकका सिनियर डिसिओ छन् ।

लामा समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय ज्ञवालीले ज्योति बिकास बैंकअघि ग्लोबल आइएमई बैंकमा पनि काम गरेका थिए । उनले दी इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स अफ इण्डिया (आइसीएआई)बाट सिए उत्तिर्ण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट