२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गायक रूपक डोटेलको ‘तिमी छौ र पो म छु’ गित सार्वजनिक

मंगलवार , पौष १६, २०८१

काठमाडौँ । नेपाली सुगम संगितका ख्याति प्राप्त एवं लोकप्रिय गायक रूपक डोटेलको ‘तिमी छौ र पो म छु’ गित बजारमा सार्वजनिक भएको छ ।

गितमा डोटेलको साथमा अनिश पाण्डेको स्वर रहेको छ । शब्द र संगीत गायक पाण्डेकै रहेको गितको एरेन्ज भने सञ्जीव बराइलीले गरेका हुन् । गित स्ट्यानवेल स्टुडियो लन्डनमा इञ्जिनियर मदन रेन म्याडीले रेकर्ड गरेका हुन् ।

गित माया प्रेममा आधारित रहेको देख्न सकिन्छ। एक प्रेमीले प्रेमीकाको कारण आफ्नो मनमा उठेको माया रुपि भावना ब्यक्त गरेका छन् ।

भिडियोमा मोडल निशु पौडेलको साथमा गायकद्धोय पाण्डे र डोटेललाई पनि देख्न सकिन्छ । यूकेका रमणीय आकर्षक स्थानहरु ह्विट्बी एबे, माम टोर र डनकास्टर स्थानमा खिचिएको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् भने भिडियो छायांकन तथा निर्देशन सुमन श्रेष्ठले गरेका हुन् ।

रूपक डोटेल ‘प्रसाद’ फिल्मको चर्चित ‘बनकी चरी‘’ गीतका गायक समेत हुन् ।गित अनिश पाण्डे युटुब च्यानल मार्फत बजारमा आएको छ भने गितले छोटो समयमै अत्याधिक दर्शकको माया पाईराखेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार