२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच अन्तर बैंक भुक्क्तानी सेवाका लागि सम्झौता

बुधवार , पौष १७, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र बिगत ३ दशकदेखि नेपालीहरूलाई निरन्तर र गुणस्तरीय बैंकिङ्ग सेवा दिदैं आएको एभरेष्ट बैंक लिमिटेडबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता पश्चात एभरेष्ट बैंक लिमिटेडका ग्राहक तथा प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवा मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गने सक्नेछन् ।

बिगत दुई दशक देखि कार्ड, क्युआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ्ग लगायत भुक्क्तानीका बिभिन्न सेवा दिदै आएका स्मार्टच्वाईस टेक्नोलोजिजले स्मार्ट पे ब्राण्डमा अन्तर बैंक भुक्तानी सेवा यसै वर्ष सुुरु गरेको हो । यस सेवा मार्फत बैंक वित्तीय संस्था लगायत रेमिटान्स कम्पनी, ब्रोकर हाउस, बिमा कम्पनी तथा ठुला कर्पोरेटहरुले आफ्ना सेवाग्राहीका नेपालभरीका जुनसुुकै बैंक खातामा सहज र छिटो तवरले रकमान्तर गर्न सक्नेछन् ।

यस सेवाको सुरुवात पश्चात एभरेष्ट बैंक लिमिटेड मार्फत प्राप्त हुने भुक्तानी रकम बैंकखातामा ट्रान्सफर अझै छिटोे–छरितो र भरपर्दो बन्ने कम्पनीले विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट