२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकको राष्ट्रिय कर्मचारी संगठनले गर्याे वार्षिकोत्सव सम्पन्न

आइतवार , पौष २१, २०८१

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्रिय कर्मचारी संगठनले आफ्नो १९औँ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै संगठनले आफ्नो १९औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन बैंक, बीमा तथा वित्तीय संस्था राष्ट्रिय समितिका अध्यक्ष कृष्णहरि बुढाथोकी प्रमुख अतिथि रहेको कार्यक्रममा राष्ट्रिय समितिका उपाध्यक्ष जितेन्द्र राई, राष्ट्रिय वाणिज्य बैकका विभागीय प्रमुख ब्रज मोहन अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष दीपेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पेशागत हकहित तथा संस्थाको सम्वर्द्धनका विषयमा समेत छलफल भयो ।

कार्यक्रममा नेपाल कर्मचारी संगठनमा आबद्ध केन्द्रीय कमिटीका पदाधिकारी, विभिन्न शाखा कार्यालयमा कार्यरत शाखा प्रमुख तथा अन्य कर्मचारीको सहभागिता थियो ।

कार्यक्रमको सञ्चालन कार्यालय सचिव चूडामणि गुप्ता गरे । नेपाल राष्ट्रिय कर्मचारी संगठनले विगतदेखि नै पेशागत हकहित तथा संस्थाको सम्वर्द्धनका विषयमा आवाज उठाउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट