२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मुक्तिनाथ विकास बैंकले ल्यायो ‘एनीभर्सरी बोनान्जा योजना’

मंगलवार , पौष २३, २०८१

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १९औं वर्ष प्रवेश गरेको अबसरमा पारेर ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न मुक्तिनाथ एनीभर्सरी बोनान्जा योजना अन्तर्गतका विभिन्न अफर सावर्जनिक गरेको छ ।

पहिलो योजना अनुसार बैंकको मोवाईल बैंकिङ्गमा भएको कनेक्ट आइपीएस मार्फत रकम ट्रान्सफर गर्ने ग्राहकहरु मध्येबाट २ जना ग्राहकलाई लक्की–ड्र मार्फत मोवाईल फोन प्रदान गरिने छ ।

यसैगरी १०० रुपैयाँ वा सो भन्दा बढीको टपअप तथा डेटा प्याक लिने दैनिक १९ जना ग्राहकले लक्की–ड्र मार्फत १०० रुपैयाँको टपअप प्राप्त गर्नेछन् । यो योजना पुस १९ गते देखि माघ १९ गते सम्मका लागू हुनेछ ।

दोश्रो योजना अनुसार बिजुलीको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित रहेको छ । यस योजनामा बैंकको मोवाईल बैंकिङ्ग मार्फत बिजुलीको बिल भुक्तानी गर्ने १ जना ग्राहकले लक्की–ड्र मार्फत बिल भुक्तानी रकम वा अधिकतम १० हजार १२५ रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन ।

तेश्रो योजना अनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोवार क्यूआर मार्फत प्राप्त नगरेका मर्चेन्टहरुले यस अवधिमा कारोवार संख्या ३ र रकम २०० रुपैयाँसम्मको कारोवार रकम क्यूआर मार्फत प्राप्त गरेमा त्यस मर्चेन्ट मध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् त्यसैगरी भारतीय पर्यटकबाट क्यूआर मर्चेन्टमा २०० रुपैयाँसम्मको रकम क्यूआर मार्फत प्राप्त गरेमा त्यस प्रकारका मर्चेन्टहरु मध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् । यो योजना आगामी माघ २५ गते सम्मका लागि हुनेछ ।

यसका साथै मोवाईल बैंकिङ्ग मार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने दैनिक १ जनालाई लक्की–ड्र मार्फत एक हजार रुपैयाँ क्यास व्याक प्रदान गरिने छ । साथै क्यूआर मार्फत बिल भुक्तानी गर्ने ग्राहकहरु मध्येबाट दैनिक २ जनालाई लक्की–ड्र मार्फत ५०० रुपैयाँका दरले क्यास व्याक प्रदान गरिने छ । यो पुस १९ गते देखि पुस २५ गते सम्मका लागि हुनेछ ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ ।

बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट