२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

मंगलवार , माघ १, २०८१

काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडले पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले पुस २९ (२०२५ जनवरी १३) गते एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा–नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित भएका छन् ।

सभाले फोनपेको शेयरधनीहरुलाई २०८१ अषार मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांस (कर समेत) वितरण गर्ने निर्णय गरेको छ ।

साथै, सभाले आ.व. २०८१/८२ को लेखापरिक्षकको लागि N.B.S.M. एण्ड एसोसिएट्सलाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट