२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कृषि विकास बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम

आइतवार , माघ ६, २०८१

काठमाडौं । कृषि विकास बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । शनिबार बैंकको ५८ औं बार्षिकोत्सवको अवसरमा काठमाडौंमा प्रभातफेरि कार्यक्रम आयोजना गरिएको थियो ।

वित्तीय साक्षरताको लागि जनचेतना पुर्याउने उद्देश्यका साथ आयोजित यस कार्यक्रममा मानव जीवनको अपरिहार्यता–वित्तीय साक्षरताको अनिवार्यता, आधिकारिक संस्थाबाट मात्र विप्रेषण कारोबार गरौं, सदैब सचेत रहौं, वित्तीय अपराधबाट बचौं जस्ता प्लेकार्ड र व्यानर सहित सहभागी कर्मचारीहरुले मुख्य कार्यालय रामशाहपथ देखि सुनधारा– रत्नपार्क– भद्रकाली हुँदै पुनः रामशाहपथ स्थित मुख्य कार्यालय आई कार्यक्रम समापन गरेका थिए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ तथा उपमहाप्रबन्धकहरु सहित करीब २०० जनाको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट