२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कृषि विकास बैंकद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न, कसले जित्यो उपाधि ?

आइतवार , माघ ६, २०८१

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको ५८औं वार्षिकोत्सवको अवसरमा आयोजित एडिबिएल कर्पोरेट फुटसल २०८१ सम्पन्न भएको छ । माघ १ गतेबाट सुरु भएको फुटसल प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

बै‍ंकले आफ्नो ५८औं वार्षिकोत्सवको सुखद अवसरमा विभिन्न कोर्पोरेट हाउसहरुका बिचमा आत्मीयता र सम्बन्ध विस्तार प्रयोजनार्थका लागि आयोजना गरेको एडिबिएल कर्पोरेट फुटसल प्रतियोगितामा महिला तर्फ कुल १० टिमको सहभागिता रहेको थियो ।

आयोजक कृषि विकास बैंकको टिमले फाईनलमा ग्लोबल आईएमई बैंकको महिला टिमलाई नियमित समयको खेलमा दुबै टोलिले गोल गर्न नसकेपछि थप समयमा २-१ गोल अन्तरले पराजित गरि उपाधि जित्न सफल भयो ।

त्यसैगरी पुरुषतर्फको खेलमा एनआईएमबि बैंकको टिमले फाईनलमा ग्लोबल आईएमई बैंकको टिमलाई ३-० गोल अन्तरले पराजित गरि उपाधि जित्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट