२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कुमारी बैंकको नाफा २७ करोड ५७ लाख

सोमवार , माघ ७, २०८१

काठमाडौं । कुमारी बैंक लिमिटेडले २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले सो नाफा कमाएको हो ।

यो नाफा गत वर्षको यसैअवधिको भन्दा ६८.२० प्रतिशतले कम रहेको छ । गत वर्ष बैंकले ८६ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी घटेको छ । ७.१९ प्रतिशतले घटेर ब्याज आम्दानी ५ अर्ब ३१ करोड रुपैयाँ कायम छ । गत वर्ष उक्त आम्दानी ५ अर्ब ७२ करोड थियो ।

इम्पेयरमेन्ट चार्ज बढ्दा र ब्याज आम्दानी घट्दा नाफामा दबाब परेको हो ।

चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको कुमारी बैंकको जगेडा कोषमा १५ अर्ब २६ करोड रुपैयाँ जम्मा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट