२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वाणिज्य बैंकको नाफा साढे २७ अर्ब, कुनले कति कमाए ?

सोमवार , माघ ७, २०८१

काठमाडौं । वाणिज्य बैंकहरुले सोमबार चालु वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार वाणिज्य बैंकहरुको नाफा खुम्चिएको छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको चालु वर्षको पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार नाफा ४.६२ प्रतिशतले घटेको छ।

वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएका छन्। गत वर्षको सोही अवधिसम्म वाणिज्य बैंकहरुको नाफा २८ अर्ब ७६ करोड थियो।

२० वटा बैंकमध्ये ११ वटा बैंकको नाफा बढे‍को छ भने बाँकी ९ वटा बैंकको नाफा घटेको छ।

सबैभन्दा धेरै नाफा कमाउनेमा प्रभु बैंक रहेको छ । बैंकको नाफा सबैभन्दा धेरै ८५.४९ प्रतिशतले वृद्धि भएको छ।

त्यसपछि धेरै नाफा गर्नेमा नबिल बैंक छ। नबिलले ३ अर्ब २४ करोड रुपैयाँ नाफा गरेको छ। एनआइसी एसिया, कुमारी, नेपाल, सिटिजन्स, कृषि विकास, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा खुम्चिएको छ ।

सबै भन्दा धेरै एनआइसी एसिया बैंकको नाफा खुम्चिएको छ । बैंकको नाफा ९२.०३ प्रतिशतले खुम्चिएको हो ।

कुन बैंकको कति ?

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट