२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल र दक्षिण कोरियाली साहित्यकारबीच कविता वाचन

सोमवार , माघ ७, २०८१

काठमाडौँ । नेपाल र दक्षिण कोरियाली साहित्यकारबीच आज साहित्यिक विमर्श तथा कविता वाचन गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, देवकोटा, लुसुन प्रज्ञा प्रतिष्ठान र जरा फाउण्डेशनको आयोजनामा भएको उक्त कार्यक्रममा दुवै मुलुकका कविहरुले कविता वाचन गरेका थिए । कार्यक्रममा दक्षिण कोरियाका कविहरु किम ह्याङ ह्यो, छाङ यङ जा, खिम छा नाम, लिह्यो, ओह छुङ्ग्योङ, ली यङ जु, छाङ यङसुक तथा नेपालका कविहरु भूपाल राई, विमल निभा, मातृका पोखरेल, सीता शर्मा, कृष्ण प्रसाईं, बाबा बस्नेत, डा सृजना शर्माले कविता वाचन गरे । कार्यक्रममा प्रगति राईद्वारा सम्पादित ‘के–डिका पोएम’ (तस्बिर–कविता) को लोकार्पण गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले साहित्यले भौगोलिक दूरत्वलाई घटाउने भएकाले यस प्रकारका अन्तरदेशीय साहित्यिक गतिविधिलाई बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ