२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चन्द्रमासँगको संवाद [कविता]

शनिवार , जेठ १६, २०८३

कृष्ण पौडेल/काठमाडौं । 

हिजो रात
धेरै बेरसम्म
चन्द्रमासँग कुरा भइरह्यो
म मौन थिए
र ऊ
सबै बुझिरहेथ्यो।

मैले सोधे
तिमी पनि कसैका लागि
यस्तै अधूरो भएर बस्छौ र ?
ऊ हल्का मुस्कुरायो
पछि बादलभित्र
लुक्न पुग्यो।

मैले आफ्नो एक्लोपनको
कुरा गरे
उसले चाँदनी छरेर
मलाई चुप बनायो।

उसले भन्यो
मायामा प्रायः
जसलाई सबैभन्दा धेरै चाहिन्छ
उही
सबैभन्दा टाढा जान्छ।

म धेरै बेरसम्म
आकाश हेरिरहे
र चन्द्रमा
मेरो आँखा भित्र झरिरह्यो।

केही कुरा
उसले पनि लुकायो
केही पीडा
मैले पनि कहिन।

अन्त्यमा
चन्द्रमा बिस्तारै बोल्यो..
तिमी पनि मेरै जस्तै हौ
सबैलाई उज्यालो दिन्छौ
र आफू भने
भित्रभित्रै अधूरो रहन्छौ…

फेरि जादा जादै
मैले चन्द्रमालाई सोधे
यति एक्लो भएर पनि
तिमी किन टुटदैनौ ?

ऊ हल्का मुस्कुरायो
र भन्यो…
केही पीडाहरू
रोएर होइन
बस चम्किएर लुकाइन्छन..॥

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ