२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

श्याम रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

मंगलवार , बैशाख १५, २०८३

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको जेनजी आन्दोलनमा केन्द्रित भई लेखिएको ‘लाभा’ कविता सङ्ग्रह प्रकाशनमा आएको छ । विश्वभरका स्वप्नशील, साहसी र सिर्जनशील नवपुस्ताप्रति समर्पित जेनजी कविताका प्रकाशकमा रचनाकारकी ९२ वर्षीया आमा चेतकुमारी रहेकी छिन् ।

कृतिभित्र २३ र पुस्तक आवरणमा एक गरी २४ कविता सङ्गृहीत छन् । जसले भदौ २३ र २४ लाई सङ्केत गर्छन्, जुन दिन नेपालमा जेनजी आन्दोलन भौतिक रूपमा सुरु भई उत्कर्षमा पुगेको थियो ।

‘आगो’, ‘खरानी’, ‘डेलुलु’, ‘कैलदेवी’, ‘जेनजी जुत्ता’, ‘मुस्कान खातुन’, ‘थुक्तेन’, ‘सेप्टेम्बर ८’, ‘भदौ २३’ आदि शीर्षकमा नवपुस्ताका आशा, आकाङ्क्षा, मुलुकमा व्याप्त कुशासन, बेथिति र भ्रष्टाचार, जेनजी सहिदका भावना, पुराना राजनीतिक दल र तिनका नेताहरूको पुरातन सोचाइ, निर्वाचन आदि विषय समेटिएका छन् जसमा विश्वबोध पनि भेटिन्छ ।

निरास युवाहरूका उकुसमुकुसले ज्वालामुखीको रूप लिएपछि उत्पन्न आक्रोशलाई ‘लाभा’ मार्फत प्रतिनिधित्व गराइएको छ । जेनजी आन्दोलनसँग सम्बन्धित कविताहरूको यो नै सम्भवतः पहिलो नेपाली कविता सङ्ग्रह हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ