२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अतृप्त मुस्कान र समयको सुगन्ध [कविता]

शुक्रवार , बैशाख २५, २०८३

कृष्ण पौडेल/काठमाडौं ।

बिस्तारै–बिस्तारै थाहै नपाई
ग्रीष्म ऋतुका ताता हावाजस्तै
उमेरको पचासऔ वसन्त
आइपुग्यो
केही फुलहरु झरिसकेका थिए
हाँगाबाट भुइँमा
हावाका झोक्काले
केही पातहरू पहेलिदै थिए
ठीक त्यसैगरी त
गहिरिदै गयो 
निधारमा पर्ने चाउरीपन
आँखाका कुनाहरूको
सुक्खापन
अनुहारका दागहरू
र बिस्तारै फिक्का हुँदै गएको मुस्कान
तैपनि एउटा आशा 
आज पनि
मनभित्र मडारिरहेकै छ
अझै धेरै कुरा बाँकी छन
अझै त बाँच्न सिक्न बाँकी छ
केही न केही त
कुनै कुनामा
हराएझै भएको छ
त्यो खिलखिलाहट
त्यो बेचैनी 
घडीलाई ताकिरहने ती नजरहरू
त्यो सुगन्ध
र अझ धेरै कुरा
कतै पछाडि छुटेजस्तो छ
र सायद
मन पनि
त्यही कतै अड्किएझै छ
आज पनि फुर्सदमा
खोजिरहन्छु
कहिले कुनै दराजभित्र
त कहिले डायरीका पानाहरूबीच
बिस्तारै सुम्सुम्याउँछु 
गुलाबका सुकेका पंखुडीहरूलाई
अनि महसुस हुन्छ
एउटा हल्का स्पन्दनको
र मुस्कुराइदिन्छ
त्यो मयूरपंख ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ