२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कुमारी बैंक र वात्सल्य नेचुरल आईभीएफबीच छुट सम्बन्धी सम्झौता

मंगलवार , माघ ८, २०८१

काठमाडौं । कुमारी बैंक लिमिटेड र रनक्शाल, काठमाडौंस्थित वात्सल्य नेचुरल आईभिएफ प्रालिबीच छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकलाई वात्सलय नेचुरल आईभीएफको देशभरी रहेका शाखाहरुबाट विशेष छुट पाईने छ ।

यस सम्झौता अनुसार बैंकका ग्राहकहरूलाई वात्सल्य आईभीएफ प्याकेजमा १० हजारको छुट प्रदान गरिनेछ ।

साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

वात्सल्य नेचुरलले बाँझोपन परिक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरु प्रदान गर्दै अएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवादिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदानगर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट