२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

स्वास्थ्य मन्त्री पाठकद्वारा धौलागिरि अस्पतालमा प्याथोलोजी सेवा शुभारम्भ, यस्ता छन् सेवाहरु

बुधवार , माघ ९, २०८१

गण्डकी । धौलागिरि अस्पताल बागलुङमा प्याथोलोजी सेवा शुभारम्भ भएको छ । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले माघ १ गते धौलागिरि अस्पतालमा प्याथोलोजी सेवाको शुभारम्भ गरेका थिए ।

अस्पतालका अनुसार प्याथोलोजी सेवा अन्तर्गत परिधीय रक्त स्मियर - रक्त अल्पताको कारण पत्ता लाग्ने तथा रगतका विभिन्न क्यान्सरहरुको पहिचान गर्न सकिने छ । त्यस्तै, रेटिक्युलोसाइट गणना - शरिरको रगत उत्पादन क्षमता कति छ भनि पत्ता लगाउन सकिने अस्पतालले जनाएको छ ।

यस्ता छन् प्याथोलोजी अन्तर्गतका सेवाहरु :

परिधीय रक्त स्मियर : रक्त अल्पताको कारण पत्ता लाग्ने ररगतका विभिन्न क्यान्सरहरुको पहिचान गर्न सकिने ।

रेटिक्युलोसाइट गणना : शरिरको रगत उत्पादन क्षमता कति छ भनि पत्ता लगाउने ।

साइटोपैथोलोजी :

- एफएलएसी : शरिरमा पलाएका मासु तथा गाँठा गुठीहरुको कारण पत्ता लाग्ने ।

- प्याप स्मियर : महिलाहरुको पाठेघरको मुखको पानीको जाँच गरि पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने ।

- तरल साइटोलोजी : फोक्सो तथा पेटमा जम्मा भएको पानीमा क्यान्सर रोग भए नभएको पत्ता लगाउने ।

स्पुटम साइटोलोजी खकार जाँच गरि श्वास प्रश्वास प्रणालीमा क्यान्सर भए नभएको पत्ता लगाउने ।

May be an image of 5 people, dais and text

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट