२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

वाशिङ्टन डीसीमा ६० जना यात्रु सवार विमान र हेलिकप्टर आपसमा ठोक्किए

बिहिवार , माघ १७, २०८१

काठमाडौं । वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक विमान सेनाको हेलिकप्टरसँग आकाशमा ठोकिएको अमेरिकाको संघीय नागरिक उड्डयन निकाय (एफएए)ले जनाएको छ।

स्थानीय समयानुसार बेलुकी ९ बजेतिर हावामा हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एअरलाइन्सको उक्त विमान वाशिड्टन डीसीमा बग्ने पोटोम्याक नदीमा खसेको थियो। चालकदलका चार र ६० जना यात्रु रहेका उक्त विमान क्यान्सास राज्यको विचिटाबाट उडेको थियो ।

उक्त घटनामा कति जनाको मृत्यु भयो भन्ने सार्वजनिक भएको छैन । विमान खसेको ठाउँमा खोजी र उद्धार अभियान भैरहेको उल्लेख छ ।

एफएएले विमान रेगन न्याश्नल एअरपोर्टको धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा उक्त घटना भएको जनाएको छ । घटनाको अनुसन्धान भैरहेको बताइएको छ ।

दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको 'ब्ल्याक हक' भएको र त्यसमा तीन सैनिक सवार रहेको बताइएको छ । ती सैनिकहरूको अवस्था पनि अज्ञात रहेको छ । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट