२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

आतंकवादको आरोपमा टर्कीका अधिकारीहरूले मेयरलाई हटाए

बिहिवार , माघ १७, २०८१

टर्की । टर्कीका अधिकारीहरूले पूर्वी प्रान्त सिर्टका एक मेयरलाई आतंकवादसँग सम्बन्धित आरोपमा दोषी ठहरिएपछि हटाएका छन् ।

पूर्व मेयर सोफिया अलागासलाई डियारबाकिर अदालतले प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टीको सदस्य भएको आरोपमा ६ वर्ष तीन महिनाको जेल सजाय सुनाएको मन्त्रालयले जनाएको छ ।

उनलाई उनको भुमिकाबाट बर्खास्त गरिएको थियो र सिर्टका गभर्नर डा. केमाल किजिलेलाई कार्यवाहक मेयरको रूपमा नियुक्त गरिएको छ ।

टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा तोकिएको पिकेके चार दशकदेखि टर्की सरकार विरुद्ध सशस्त्र विद्रोहमा संलग्न छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट