२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कृषि विकास बैंक कर्मचारी युनियनद्वारा देशभरका कर्मचारीको सहभागितामा फुटसल प्रतियोगिता

बिहिवार , माघ १७, २०८१

काठमाडौं । कृषि विकास बैंक कर्मचारी युनियनले आफ्ना बैंकका देशभरका कर्मचारीहरुको सहभागितामा दोश्रो फुटसल प्रतियोगिताको आयोजना गरेको छ ।

तीन दिनसम्म चल्ने प्रतियोगिता बुधबारबाट शुरु भएर शुक्रबार सकिने छ । बैंकको वार्षिकोत्सव र कृषि विकास बैंक कर्मचारी युनियनको तेस्रो स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको युनियनकी अध्यक्ष जानुका पौडेलले जानकारी दिइन् ।

फुटसल प्रतियोगितामा देशका ७ वटै प्रदेशका पुरुषतर्फ २१ वटा र महिलातर्फ ६ वटा टिमका खेलाडीहरुको सहभागितामा युनियनले प्रतियोगिता आयोजना गरेको छ । युनियन र व्यवस्थापन पक्षको २ वटा टिमको समेत मैत्रीपूर्ण सहभागिता रहेको अध्यक्ष पौडेलले बताइन् ।

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोबिन्द गुरुङले कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सवलाई हर्ष उल्लासका साथ मनाउँदै ‘फुटसल फर फन एण्ड फ्रेण्डसीप’ भन्ने नारासहित कर्मचारीहरुबीच भातृत्वको भावना बढाउनका लागि, शारिरिक र मानसिक रुपमा स्वस्थ्य र चुस्त दुरुस्त राख्नका लागि फुटसल आयोजना गरेको बताए ।

सिइओ गुरुङले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमको निरन्तरता दिदै जाने समेत प्रतिवद्धता जनाए ।

त्यस्तै खेल संयोजक जीवराज वमले प्रत्येक वर्ष आयोजना गर्दै आएको फुटसल प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिएको बताए ।

उनले लिगको आधारमा खेलाइने खेलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, अनुशासित खेलाडी, हाइस्कोरर, प्लेयर अफ द टुर्नामेन्टलाई पनि पुरस्कारको व्यवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट