२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

दुबई बन्यो विश्वको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल, ३५ अर्ब डलरको विस्तार योजना

बिहिवार , माघ १७, २०८१

दुबई,एएफपी । संयुक्त अरब इमिरेट्स (युएई) को दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष नौ करोड २३ लाख यात्रुले सेवा प्राप्त गरेका छन् ।

सन् २०१८ मा आठ करोड ९१ लाख यात्रुलाई आवत जावतका लागि सेवा दिएको दुबई विमानस्थलले गाजा युद्ध र गत अप्रिलमा आएको आकस्मिक बाढीका कारण उत्पन्न क्षेत्रीय तनावका बावजुद आफ्नो सेवामा उच्च उत्कृष्टता प्रदर्शन गर्न सफल भएको हो ।

एशिया, युरोप र अफ्रिकाको बीचमा अवस्थित युएई शहर एक दशकसम्म विश्वको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक विमानस्थल बन्न सफल भएको छ ।

युएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मकतूमले एक विज्ञप्ति जारी गर्दै विमानस्थललाई ‘विश्वव्यापी सफलताको कथा’ को संज्ञा दिँदै यसले ४ सय अन्तर्राष्ट्रिय गन्तव्यलाई लक्षित गरेको बताएका छन्।

दुबई विमानस्थलका प्रमुख कार्यकारी अधिकृत पल ग्रिफिथ्सले सन् २०२७ सम्ममा दुबईले १० करोड यात्रु ओहोरदोहोर सेवा दिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

दुबईले अब छिमेकी साउदी अरबको रियादमा निर्माण भइरहेको एक प्रमुख नयाँ विमानस्थलबाट प्रतिस्पर्धाको अपेक्षा गरेको छ। विमानस्थलले शहरको बाहिरी इलाकामा अल मकतूम इन्टरनेसनल विमानस्थलमा ३५ अर्ब डलरको विस्तार र स्थानान्तरणको योजना पनि बनाइरहेको छ।

व्यापार, पर्यटन र व्यापार केन्द्रले अचल सम्पत्ति कारोबार मूल्य र बढ्दो जनसङ्ख्या वृद्धिको साक्षी रहेको युइईले पेट्रोलियम पदार्थ (इन्धन) बाहेक आफ्नो अर्थव्यवस्था को विविधीकरणको प्रयासलाई जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट