२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

अमेरिकामा दुर्घटनाग्रस्त विमानको 'ब्ल्याक बक्स' भेटियो, ट्रम्पले के भने ?

शुक्रवार , माघ १८, २०८१

बीबीसी । अनुसन्धानकर्ताहरूले संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीमा दुर्घटनामा परेको यात्रुवाहक विमानको 'ब्ल्याक बक्स' भनिने फ्लाइट डेटा रेकर्डर फेला पारेको बीबीसीको अमेरिकी साझेदार सीबीएसले जनाएको छ।

बुधवार राति वाशिङ्टनस्थित विमानस्थलमा अवतरण गर्न लागेको अमेरिकी एअरलाइन्सको यात्रुवाहक विमान आकाशमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो।

उक्त विमानमा यात्रा गरिरहेका चालक दलका सदस्यसहित ६४ जना र सैन्य हेलिकप्टरमा रहेका तीन जना कोही पनि जीवित नरहेको ठानिएको छ।

हाललाई दुर्घटनास्थलमा भइरहेको खोजी कार्य स्थगित गरिएको अधिकारीहरूले बताएका छन्।

गोताखोरहरूले बिहीवार दिनभरि पोटोम्याक नदीमा पसेर खोजी कार्य गरेका थिए। तर उनीहरूले वाशिङ्टनको समयनुसार बिहीबार साँझदेखि खोजी कार्य स्थगित गरेका छन्।

स्थानीय अग्निनियन्त्रक निकायका प्रमुख जोन डनेलीले विमान खसेको स्थानबाट कम्तीमा २८ वटा शव निकालिएको बताएका थिए।

त्यसमध्ये २७ वटा यात्रुवाहक विमानका रहेको र एक सैन्य हेलिकप्टरमा यात्रा गरिरहेका व्यक्तिको रहेको बताइएको छ।

ट्रम्पले के भने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् 'तपाईँहरूले महसुस गरिरहनुभएको पीडालाई हामी कल्पना मात्र गर्न सक्छौँ। हाम्रो हृदय पनि तपाईँहरूको सँगसँगै छियाछिया भएको छ ।'

उनले आफूभन्दा अगाडिको डेमोक्र्याटिक पार्टीको प्रशासनले फेडरल एभिएशन एड्मिनिस्ट्रेशनमा एअर ट्राफिक कन्ट्रोलरहरू भर्ती गर्दा कमजोर र न्यून मापदण्ड अपनाइएको हुनाले दुर्घटना निम्तिएको हुन सक्ने आरोप लगाएका छन्।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट