२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

चिनियाँ एआई प्रविधि 'डीपसीक' के हो र यसले विश्व अर्थतन्त्रमा कस्तो असर गर्दै छ ?

शनिवार , माघ १९, २०८१

बीबीसी । चिनियाँ कृत्रिम बुद्धिमत्तामा आधारित च्याटबोट 'डीपसीक' एपल प्रयोगकर्ताहरूमाझ छोटो समयमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई अमेरिकी प्रविधि कम्पनीहरूका लागि 'जागा हुने घण्टी' भनेका छन्।

यही जनवरीमा केही हप्ताअघि अमेरिकामा सार्वजनिक भएको यो एपले अमेरिकी प्रविधि कम्पनीहरूको शेयर बजारमा भारी गिरावटको कारण बनेको छ।

यो एपको अचानक बढेको लोकप्रियता र अमेरिकी एआई कम्पनीहरूको तुलनामा यसको न्यून लागतका कारण अमेरिकी अर्थतन्त्रमा चिन्ता पैदा हुन पुगेको छ।

सिलिकन भ्यालीका मार्क एन्ड्रीसनले डीपसीकलाई एआईमा 'सबैभन्दा गज्जबको र प्रभावशाली प्रगति' भनेका छन्।

यो एआई एप विकास गर्ने कम्पनीका अनुसार डीपसीकका पछिल्ला एआई मोड्युलहरूबाट यो क्षेत्रमा अग्रणी मानिएका अमेरिकी कम्पनीहरूले निर्माण गरेका च्याट जीपीटी जत्तिकै प्रभावकारी सुविधा निकै कम खर्चमा नै लिन सकिन्छ।

यो एप विकासमा संलग्न अनुसन्धानकर्ताहरूका अनुसार यसको विकासका लागि जम्मा ६० लाख अमेरिकी डलर मात्रै खर्च भएको थियो। यो रकम अमेरिकी एआई कम्पनीहरूले खर्च गरेको अर्बौ डलरको तुलनामा निकै कम हो।

डीपसीक के हो ?

डीपसीक चीनको दक्षिणपूर्वी सहर हान्जाउमा स्थापित चिनियाँ 'आर्टिफिशल इन्टेलिजेन्स' कम्पनी हो।

यो कम्पनी सन् २०२३को जुलाईमा घोषणा भएको थियो। तर यसको लोकप्रिय एआई एसिस्टेन्ट एप अमेरिकामा १० जनवरीसम्म सार्वजनिक नगरिएको 'सेन्सर टावर'ले जनाएको छ।

डीपसीकका संस्थापक को हुन् ?

लियाङ वेनफङले आफैले सञ्चालन गरेको 'हेज फन्ड' अर्थात् मानिसहरूले लगानीका लागि जम्मा गरिदिएको पैसाको समेत प्रयोग गरेर डीपसीक स्थापना गरेका थिए।

इन्फरमेसन र इलेक्ट्रोनिक इन्जिनियरिङमा स्नातक गरेका ४० वर्ने लियाङले हाल चीन निर्यातमा प्रतिबन्ध लागेको एनभिडिआ ए१०० चिप्सहरूको एउटा भण्डार नै बनाएको बताइएको छ।

विज्ञहरूले उनको संग्रहमा रहेका अनुमानित ५०,००० थान चिप्सहरूलाई अन्य झन सस्तो मूल्यमा पाइने र आयातका लागि उपलब्ध अन्य उपकरणहरूको सहायतमा जोडेर उनले 'डीपसीक' विकास गरेको ठानेका छन्।

लियाङ हालै चिनियाँ प्रधानमन्त्री लि चियाङले आयोजना गरेको उद्यम विज्ञहरूसँगको बैठकमा देखिएका थिए।

कसले गर्दै छ यसको प्रयोग ?

यो कम्पनीको एआई एप एपलको एप स्टोरमा र कम्पनीको वेबसाइटमार्फत् अनलाइन डाउनलोड गर्न सकिन्छ।

निःशुल्क पाइने यो एप एपलको स्टोरमा छोटो समयमै सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ। यद्यपि केही प्रयोगकर्ताहरूले यसमा आफ्नो खाता खोल्न समस्या भएको उल्लेख गरेका छन्।

यो अमेरिकामा एपलको एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न पाइने एपहरूमध्ये सबैभन्दा धेरै रेटिङ पाउने एप पनि बनेको छ।

यसले एनभिडिआ जस्ता अमेरिकी कम्पनीलाई किन असर गरिरहेको छ ?

अमेरिकी प्रतिस्पर्धीहरू भन्दा दशौँ लाख डलर कम खर्चमा बनेको भनिएको डीपसीकले एआईमा अमेरिकी दबदबा भविष्यबारे प्रश्न उब्जाएको छ।

डीपसीकको उदयसँगै अमेरिकी चिप कम्पनी एभिडिआको शेयर मूल्य १७ प्रतिशतले घटेको छ। अमेरिकी कम्पनी एनभिडिआले एआईमा प्रयोग हुने शक्तिशाली चिप्सहरू बनाउँछ। डीपसीकको असर सबैभन्दा धेरै यो कम्पनीमा पर्ने देखिएको छ।

यसले सोमवार मात्रै आफ्नो बजार मूल्यको करिब ६०० अर्ब अमेरिकी डलर गुमायो। यो कुनै पनि अमेरिकी कम्पनीले देशको इतिहासमा एकै दिन गुमाएको सबैभन्दा ठूलो रकम भएको बताइएको छ।

एनभिडिआ बजार पुँजीकरणका दृष्टिले विश्वमै सबैभन्दा मूल्यवान् कम्पनी बनेको थियो। तर सोमवार यो एपल र माइक्रोसफ्ट भन्दा पछाडि पुगेको फोर्ब्सले जनाएको छ।

डीपसीकले एनभिडिआले बनाएको भन्दा कम उन्नत प्रकारका सेमिकन्डक्टर चिप्सहरूको प्रयोग गर्छ।

यद्यपि यसको सफलताले ठूलो बजेट र उच्चकोटीका चिप्सहरू मात्रै एआईलाई अघि बढाउने उपाय हुन् भन्ने बुझाइको खण्डन गरेको छ। यसले उच्चक्षमता भएका चिपहरूको भविष्य र आवश्यकताबारे पनि अनिश्चय पैदा गरेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट