२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

क्यानडा र मेक्सिकोमाथि लचिलो बने ट्रम्प, अतिरिक्त कर लिने निर्णय ३० दिनका लागि स्थगित

मंगलवार , माघ २२, २०८१

बीबीसी । क्यानडा र मेक्सिकोले सीमा सुरक्षामा कडाइ गर्ने प्रतिबद्धता जनाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही लचिलो बनेका छन् ।

डोनाल्ड ट्रम्प क्यानडा र मेक्सिकोमाथि घोषणा गरेको आयात शुल्कको कार्यान्वयन ३० दिन पछि सार्न सहमत भएका हुन् ।

ट्रम्पसँगको टेलिफोन कुराकानीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आप्रवासन नियन्त्रणका र फेन्टनिल (औषधि) को ओसारपसार रोक्न अमेरिकासँगको सीमामा कडाइ गर्न सहमति जनाएका हुन्।

ट्रम्पले आफू प्रारम्भिक परिणामबाट एकदम सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन्।

त्यसअघि उनले मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनाबाउमसँग पनि यस्तै सहमति गरेका थिए। मेक्सिकोकी राष्ट्रपतिले उत्तरी सीमामा थप १० हजार सैनिक खटाउन सहमति जनाएका थिइन्।

त्यसको बदलामा मेक्सिकोमा बन्दुकहरूको प्रवाहलाई सीमित गर्ने अमेरिकाले प्रतिबद्धता जनाएको थियो।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए।

उक्त कदमको विरोध गरेका तीनै देशले आफूले पनि त्यस्तै प्रकृतिको आयात शुल्क अमेरिकी उत्पादनहरूमा लगाउने घोषणा गरेपछि विश्व नयाँ व्यापार युद्धमा प्रवेश गर्न लागेको भन्दै टिप्पणीहरू भइरहेका थिए।

यो पनि : 

ट्रम्पलाई चीन, क्यानडा र मेक्सिकोले भन्सार महसुलको जवाफ दिने, जापान पनि ‘गहिरो चिन्तामा’ 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट