२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मुगुमा एचपिभी खोप अभियान शुभारम्भ

मंगलवार , माघ २२, २०८१

मुगु । मुगु जिल्लामा आजबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शभारम्भ भएको छ।

‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिवद्धता’ भन्ने मुल मन्त्रका साथ विश्व क्यान्सर दिवसको अवसरमा पाठेघरको मुखको क्यान्सर गराउने मानव पापिलोमा भाइरस विरुद्धको एचपिभी राष्ट्रिय खोप अभियान–२०८१ एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो।

जिल्लाका चारै वटा स्थानीय तहमा सञ्चालन हुने यो अभियान माघ २२ देखि फागुन ६ गतेसम्म जारी रहनेछ।

नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब तिन हजार छ सय २ छात्रा र विद्यालय बाहिर रहेका दुई सय २३ किशोरीहरुलाई एचपिभी खोप दिइने स्वास्थ्य सेवा कार्यालय मुगुका खोप सुपरभाईजर निरीक्षक महेश बहादुर बुढाले जानकारी दिए ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको यो अभियानले बालिकाहरूको स्वास्थ्य सुधार गर्दै पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट