२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ३५ अर्ब खिच्दै राष्ट्र बैंक, माग्यो प्रस्ताव

बुधवार , माघ २३, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ३५ अर्ब खिच्ने भएको छ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज २० दिनका लागि ३५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ ।

बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरणमार्फत २० दिनका लागि तान्न लागेको हो।

राष्ट्र बैंकले तरलता फालाफाल भएका बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले खिचेको १ खर्ब २१ अर्ब रुपैयाँ परिपक्क हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट