२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

माल्दिभ्सले सन् २०२७ मा ‘फ्लोटिंग सौर्य परियोजना’ सुरु गर्ने

शुक्रवार , माघ २५, २०८१

कोलम्बो, सिन्ह्वा । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले बिहीबार ‘फ्लोटिंग सोलार परियोजना’ सन् २०२७ मा सञ्चालन हुने घोषणा गरेका छन् । फ्लोटिंग सोलार प्रोजेक्ट एक प्रक्रिया हो, जहाँ सौर्य प्यानलहरू पानीको सतहमा रहन्छ ।

फ्लोटिंग सोलार प्रोजेक्टको मुख्य उद्देश्य जलस्रोत प्रयोग गरेर स्वच्छ ऊर्जा उत्पादन गर्नु हो । यसले पानीको चिसो प्रभावको कारण सौर्य प्यानलहरूको दक्षतामा सुधार गर्दछ ।

“सरकारले यस वर्ष विदेशी लगानीकर्ताहरूलाई विशेष आर्थिक क्षेत्र विकास अनुमतिहरू जारी गर्ने योजना बनाएको छ ।”

सन् २०२५ को लागि माल्दिभ्सको एक सदनात्मक व्यवस्थापिका पिपुल्स मजलिसको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रपतिले फ्लोटिंग सोलार परियोजनाले देशको गैरनवीकरणीय ऊर्जा स्रोतमा निर्भरता घटाउने र १०० मेगावाट सौर्य ऊर्जा राष्ट्रिय विद्युत ग्रिडमा थप्ने लक्ष्य लिएको बताए ।

मुइज्जुले सन् २०२४ मा १५ मेगावाट नवीकरणीय ऊर्जा ग्रिडमा एकीकृत भएको र देशको ३३ प्रतिशत ऊर्जा आवश्यकता नवीकरणीय स्रोतबाट पूरा गर्ने योजना रहेको बताए ।

सरकारले नवीकरणीय ऊर्जा क्षेत्रमा नागरिकको सहभागिता अभिवृद्धि गर्न सरकारले ‘म्यागी सोलार’ पहल सुरु गरेको उनले बताए। म्यागी सोलार एक सौर्य ऊर्जा कम्पनी हो,जसले दिगो र स्वच्छ उर्जा समाधानहरू प्रदान गर्नमा केन्द्रित छ । म्यागी सोलारको मुख्य उद्देश्य स्वच्छ नवीकरणीय उर्जाको स्रोत प्रदान गर्नु हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट