२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

म्यानमारमा वायु प्रदुषणका कारण विद्युत आपूर्ति बन्द

शुक्रवार , माघ २५, २०८१

म्यानमार । म्यानमारको याङ्गुनमा उच्च वायु प्रदुषण भइरहेको छ । वायु गुणस्तर ५० देखि २०० वायु गुणस्तर सूचकांक (एक्युआई) बीच फरक छ । मौसम विज्ञान र जल विज्ञान विभागका निर्देशक उ ह्ला तुनले २०० सम्म पुग्ने स्तरलाई अस्वास्थ्यकर मानिएको बताए ।

यातायातको अत्यधिक प्रयोगका कारण बिहान र साँझ प्रदुषणको स्तर बढ्दै गएको उनले बताए । सवारी साधनको उत्सर्जन, फोहोर जलाउने र डढेलोबाट हुने वायु प्रदुषण बढ्दो चिन्ताको विषय बनेको बताए ।

साथै याङ्गुनमा बारम्बार विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूलाई जेनेरेटरमा भर पर्न बाध्य भएको छ । जसले गर्दा वायु प्रदूषण अझ बढेको उनले बताए ।

उनले वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरू लाग्ने र विशेष गरी वृद्धवृद्धा, बालबालिका र क्षयरोग भएका व्यक्तिहरूलाई समस्या भएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट