२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

लामो समयपछि लेबनानमा नयाँ सरकार गठन

आइतवार , माघ २७, २०८१

बेरुत, एएफपी । लेबनानमा राष्ट्रपति निर्वाचन अवरूद्ध भएपछि कामचलाउ सरकारले संकटग्रस्त देशको नेतृत्व गरेको दुई वर्षभन्दा बढी समयपछि नयाँ सरकार गठन भएको छ ।

राष्ट्रपति जोसेफ औनले ‘२४ जना मन्त्रीको सरकार गठन गर्ने’ आदेशमा हस्ताक्षर शनिबार गरे ।

“राष्ट्रपतिले औनले ‘कामचलाउ प्रधानमन्त्री नजिब मिकातीको सरकारको राजीनामा स्वीकृत गर्नुभएको छ’ र ‘प्रधानमन्त्री नवाफ सलामलाई सरकार गठनका लागि औपचारिक रूपमा जिम्मेवारी तोक्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ।

दुई वर्षभन्दा लामो राजनीतिक गतिरोधपछि इजरायलसँगको युद्धमा सशस्त्र समूह हिजबुल्लाह कमजोर भएपछि पूर्व सेना प्रमुख औन राष्ट्रपति निर्वाचित भएका छन भने सलाम प्रधानमन्त्रीमा निर्वाचित भए ।

नयाँ सरकारले वर्षौंको आर्थिक संकटपछि अन्तर्राष्ट्रिय दातृ निकायहरूबाट अर्बौं डलर प्राप्त गर्न आवश्यक सुधारहरू कार्यान्वयन गर्ने, इजरायल–हिजबुल्लाहको कमजोर युद्धविरामको निरीक्षण गर्ने र युद्धग्रस्त देशको पुनर्निर्माण गर्ने चुनौतीपूर्ण कार्यको सामना गरिरहेको छ।

उसले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग भएका सम्झौताको पुनरावलोकन गर्नुपर्ने छ र अर्को वर्ष हुने संसदीय निर्वाचनको तयारी पनि गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट