२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

अमेरिकालाई चीनको जवाफ : आयात शुल्क लागु, स्टील र अल्मुनियममा २५ प्रतिशत कर बढाउँदै ट्रम्प

सोमवार , माघ २८, २०८१

बीबीसी । चीनले वाशिङटनका पछिल्ला निर्णयको जबाफमा केही अमेरिकी सामानहरूमा तोकेको आयात कर सोमबारदेखि लागु हुँदैछ।

विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध बढ्दै गएको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कैयौँ देशहरुमा आयात शुल्क लगाउने धम्की दिइरहँदा बेइजिङको निर्णय कार्यान्वयनमा आएको हो।

बेइजिङले फेब्रुअरी ४ मा यस्तो योजना घोषणा गरेको थियो। अमेरिकाले सबै चिनियाँ उत्पादनहरूमा १० प्रतिशतले नयाँ आयात शुल्क लागु भएको केही मिनेटमै चीनले त्यस्तो घोषणा गरेको थियो।

ट्रम्पले आइतबार सबै स्टील र अल्मुनियममा अमेरिकामा २५ प्रतिशत आयात शुल्क लगाउने बताएका छन् जसको पूर्ण घोषणा सोमबार हुँदैछ।

सुपर बोल प्रतियोगिता हेर्न जाने क्रममा एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उनले अन्य राष्ट्रहरूमा उनीहरूलेजस्तै आयात शुल्क लगाउने योजना रहेको बताए।

तर उनले ती कुन-कुन देशमा लक्षित गरिनेछ भनेर प्रस्ट पारेका छैनन् ।

अमेरिकी सामानमा लगाइने चीनको पछिल्लो आयात शुल्कमा अमेरिकी कोइला र लिक्विफाइड प्राकृतिक ग्यास उत्पादनका आयातमा १५ प्रतिशत सीमा कर समावेश छ।

त्यसबाहेक अमेरिकी कच्चा तेल, कृषि मसिनरी र ठूला इन्जीनका कारहरूमा पनि १० प्रतिशत आयात शुल्क छ।

गत साता चिनियाँ अधिकारीहरूले प्रविधि कम्पनी गुगलको एकाधिकार विरुद्धको एक अनुसन्धान सुरु गरेका छन्।

त्यसैगरी डिजाइनर ब्रान्ड केल्भिन क्लाइन र टमी हिलफिगरको अमेरिकी स्वामित्व कम्पनी पीभीएसलाई समेत बेइजिङको कथित ूअविश्वसनीय वस्तुू सूचीमा समावेश गरिएको छ।

चीनले २५ वटा दुर्लभ धातु निर्यातमा नियन्त्रण गरेको छ। ती मध्येका केही कैयौँ विद्युतीय उत्पादन र सैन्य उपकरणका लागि अहम् मानिने सामग्री हुन्।

ट्रम्पले सप्ताहन्तमा अमेरिकाले गर्ने स्टील तथा अल्मुनियममा आयातमा २५ प्रतिशत कर लगाउने योजनाको घोषणा गरे।

त्यसको केही दिनअघि उनले क्यानडा र मेक्सिकोसँग ती देशका सबै सामानमा २५ प्रतिशत आयात शुल्क लगाउने घोषणाबाट पछि हटेका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट