२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

फागुनका लागि कुन बैंकको ब्याजदर कति ?

बुधवार , माघ ३०, २०८१

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले फागुन महिनाको लागि मुद्दति निक्षेपको ब्याजदरमा माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

ग्लोबल आइएमई बैंकले मुद्दति निक्षेपको ब्याजदर बढाएको छ । बैंकले ०.२५ प्रतिशत विन्दुले बढाएको हो । त्यसैगरी लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशत विन्दु घटाएको छ ।

बाँकी अरु १८ बैंकको ब्याजदर भने माघ महिनाकै यथावत छ । फागुन १ गतेदेखि लागू हुने ब्याजदर यथावत राखिएको हो।

यसअघि माघ महिनामा पनि १८ बैंकको ब्याजदर स्थिर थियो । पुस महिनामा १४ बैंकको स्थिर थियो भने मंसिर महिनामा ८ बैंकले स्थिर राख्दा ११ बैंकले घटाएका थिए ।

विगतका महिना अत्याधिक घट्दै गएको ब्याजदर पछिल्ला २ महिनादेखि घट्ने क्रम रोकिएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर न्यून विन्दुमा आएको हो । तर, कर्जा प्रवाह भने हुन सकेको छैन ।

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेकाले बैंकहरूले ब्याजदर स्थिर राखेका हुन् ।

अबका केही महिना नै ब्याजदर प्रायः स्थिर नै रहने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट