२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

इजिप्टले स्थानान्तरण बिना गाजा पुनर्निर्माण योजना सार्वजनिक गर्ने

बिहिवार , फाल्गुण १, २०८१

इजिप्ट । इजिप्टले प्यालेस्टिनीहरूलाई आफ्नो भूमिमा रहन सुनिश्चित गर्न डिजाइन गरिएको गाजा पुनर्निर्माण योजना प्रश्तुत गर्ने योजना बनाएको छ । इजिप्टको विदेश मन्त्रालयले योजना प्यालेस्टिनी जनताको वैध र कानूनी अधिकारको सम्मान र समर्थन गर्ने तरिकाले तयार गरिने बताएको छ ।

मन्त्रालयकाअनुसार कुनैपनि प्रश्तावित समाधानले क्षेत्र भित्रको शान्ति प्रक्रियालाई विचार गर्नुपर्ने र चलिरहेको द्वन्द्वको मूल कारणहरू समाधान गर्न खोज्नुपर्ने बताएको छ ।

यसका लागि प्यालेस्टिनी क्षेत्रहरूमा इजरायली कब्जाको अन्त्य र दुई–राज्य समाधानको कार्यान्वयन आवश्यक रहेको बताएको छ । जुन क्षेत्रका सबै मानिसहरू बीच स्थिरता र शान्तिपूर्ण सहअस्तित्व प्राप्त गर्ने एकमात्र मार्ग हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट