२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

ट्रम्पसँग प्रधानमन्त्री मोदी झुके, अमेरिकासँग गरे तेल र ग्यास किन्ने सम्झौता

शुक्रवार , फाल्गुण २, २०८१

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई देशबीचको व्यापार असन्तुलन कम गर्न दिल्लीले थप अमेरिकी तेल तथा ग्यास खरिद गर्ने सहमतिको घोषणा गरेका छन्।

'उहाँहरूले हाम्रो धेरै तेल तथा ग्यास किन्दै हुनुहुन्छ। उहाँहरूलाई चाहिएको छ। र हामीसँग त्यो छ, 'वाशिङटनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने। मोदीले 'भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्न हामी तेल र ग्यासको व्यापारमा ध्यान केन्द्रित' गर्नुका साथै परमाणु ऊर्जामा थप लगानी गर्ने वाचा गरेका छन्।

ट्रम्पले आफ्ना व्यापार साझेदारहरूले पारस्परिक रूपमा आयात शुल्क सामना गर्नुपर्ने बताइरहँदा मोदीको दुई दिने भ्रमण भएको हो। अमेरिकी आयातमा पहिल्यै ती देशले लगाएका भन्सारसँग मिल्ने गरी त्यस्ता जबाफी उपाय ट्रम्पले अघि सारेका हुन् ।

यसैगरी ट्रम्पले भारतलाई अत्याधुनिक लडाकू जेटहरू बिक्री गर्ने प्रस्ताव गरेका छन्। ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका धेरै जसो क्षेत्रमा नयाँ अमेरिकी प्रशासनको दण्डात्मक दृष्टिकोणलाई अस्वीकार गर्ने बन्धनलाई पुनर्जीवित गर्दै व्यापार बढाउने वाचा गरेका छन् ।

ट्रम्पको पुनरागमनपछि ह्वाइट हाउस भ्रमण गर्ने चौथो विश्व नेता मोदीले समान विचारधाराका ट्रम्पलाई मित्रका रूपमा वर्णन गरे र उनको ‘मेक अमेरिका ग्रेट अगेन’ नारालाई अपनाइरहेको बताए । ट्रम्पले नयाँ प्रशासन अमेरिकी सैन्य पुरस्कारहरूमध्ये एक एफ–३५ लडाकू जेटहरू बिक्री गर्न तयार रहेको घोषणा गरे।

“यस वर्षदेखि हामी भारतलाई सैन्य बिक्री धेरै अर्ब डलरले बढाउँदैछौँ”, ट्रम्पले मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा भने, “हामी अन्ततः भारतलाई एफ–३५ स्टेल्थ लडाकू जेटहरू प्रदान गर्ने बाटो पनि खोल्दैछौँ ।

वर्षौंको व्यक्तिगत सम्बन्ध

व्यापारका विषयमा मतभेद रहँदा रहँदै पनि ट्रम्प र मोदीबीच वर्षौंको व्यक्तिगत सम्बन्ध पाइन्छ।'हाम्रो गजबको सम्बन्ध छ,' अमेरिकाको राजधानीमा बिहीबार मोदीलाई स्वागत गर्ने क्रममा ट्रम्पले भने।

उनले अमेरिकाले भारतलाई सैन्य हार्डवेअरको बिक्री करोडौँ डलरले बढाउने र दिल्लीलाई एफ-३५ लडाकु जेट समेत दिने बताए।

आप्रवासनको मुद्दा चर्को रूपमा उठेको थियो जसक्रममा ट्रम्पले भारतलाई हजारौँको सङ्ख्यामा कागजातविहीन भारतीयलाई आफ्नो देश फिर्ता लैजान भन्लान् भन्ने ठानिएको थियो। यसअघि मोदीले आफूहरूले अन्तरिक्ष, प्रविधि र अन्वेषणका बारेमा ट्रम्प निकट इलोन मस्कसँग कुरा गरेको बताएका थिए।

मोदीले भनेस् 'ट्रम्पले उनको पहिलो कार्यकालमा काम गरेभन्दा दोबर गतिमा काम गर्न सक्नेमा म दृढ रूपमा विश्वस्त छु।'

आफूहरूबीचको द्विपक्षीय वार्ताअघि ट्रम्पले आफ्ना सल्लाहकारहरूलाई संसारभरका आफ्ना व्यापार साझेदारहरूका लागि व्यापक रूपमा नयाँ आयात शुल्कको हिसाब गर्न आग्रह गरेका थिए जुन उनले एप्रिल १ बाट कार्यान्वयनमा आउन सक्ने बताए।

साझेदार शत्रुभन्दा खराब

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै आयात शुल्कका कुरा आउँदा 'हाम्रा साझेदारहरू हाम्रा शत्रुहरूभन्दा खराब छन्' भने। मोदीलाई भेट्नुअघि रिपब्लिकन दलका तर्फबाट निर्वाचित राष्ट्रपतिले 'हामीसँग निकै अनुचित प्रणाली थियो' भने। 'सबैले अमेरिकाको फाइदा उठाए।'

ह्वाइटहाउसले जारी गरेको एउटा नयाँ विज्ञप्तिमा कृषिका सामानमा अमेरिकाले सबैभन्दा एमएफएन भनिने उच्च सहुलियत दिएका देश (मस्ट फेभर्ड नेसन) लाई औसतमा ५ प्रतिशत आयात शुल्क लगाइएको जनाइएको थियो।

'तर व्यवहारिक रूपमा भारतको औसत शुल्क ३९ प्रतिशत छ,' ह्वाइटहाउसको विज्ञप्तिमा भनिएको छ।

'भारतले अमेरिकी मोटरसाइकलमा शतप्रतिशत आयात शुल्क लगाउँछ जबकि हामीले भारतीय मोटरसाइकलमा २.४ प्रतिशत शुल्क लगाउँछौँ।'

महँगीको चिन्ता

बिहीबार ट्रम्पले आफ्नो आयात शुल्कको नीतिले निम्त्याउने जोखिमलाई आफूले बुझेको बताएका थिए। अर्थशास्त्रीहरूले त्यस्ता आयात करहरूले उपभोक्ता मूल्यहरू बढाउन सक्ने चेतावनी दिँदै आएका छन्।

'मूल्य केही हदसम्म बढ्न सक्छ, छोटो अवधिका लागि, तर मूल्य तल पनि झर्नेछ,' ओभल अफिसमा उनले भने।तर उनले आफ्नो नीतिले अमेरिकी उत्पादनलाई बढवा दिने र देशमा 'प्रशस्त रोजगारी सिर्जना हुने' तर्क गरे।

ट्रम्पले यसअघि नै चीनमाथि थप १० प्रतिशत आयात शुल्क लगाएका छन्। उनले अमेरिकाका दुई ठूला व्यापार साझेदार देश क्यानडा र मेक्सिकोमाथि पनि मार्च महिनाबाट आयात शुल्क लगाउने तयारी गरे तापनि त्यो हाल ३० दिनका लागि रोकेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट