२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पृथ्वीभित्र रहेको आन्तरिक कोरको स्वरूप फेरिएको हो ?

मंगलवार , फाल्गुण ६, २०८१

बीबीसी । दुई दशकमा पृथ्वी भित्र रहेको आन्तरिक कोरको स्वरूप फेरिएको हुन सक्ने वैज्ञानिकहरूले औल्याएका छन् । पृथ्वीको सबैभन्दा भित्रको उक्त भाग बलजस्तो गोलो भएको ठानिन्छ। तर केही स्थानमा उक्त भागको किनाराको उचाइ १०० मिटर वा त्योभन्दा बढीले बिग्रिएको हुन सक्ने प्राध्यापक जोन भिडालले बताएका छन्। उनी त्यसबारे अनुसन्धान गर्ने टोलीका प्रमुख हुन्।

पृथ्वीको आन्तरिक कोरबाट उत्पन्न हुने चुम्बकीय क्षेत्रका कारण सूर्यको विकिरणबाट जीव र वनस्पतिहरूले सुरक्षा पाउँछन्। त्यसैले उक्त भागलाई पृथ्वीको मुटु मानिन्छ।

तरल अवस्थामा रहने उक्त भाग बाह्य कोर र पूरै पृथ्वीसँग सम्बन्ध नराखी आफैँ घुमिराख्छ। पृथ्वीको केन्द्रमा त्यो गति नहुने हो भने पृथ्वी मङ्गल ग्रह जसरी नै ूनिर्जीवू बन्न सक्छ। मङ्गल ग्रहले अर्बौँ वर्षअघि आफ्नो चुम्बकीय क्षेत्र गुमाएको ठानिन्छ।

निकै तातो तरल अवस्थामा रहेको बाह्य कोरसँग सम्पर्कमा रहने ठोस रूपमा रहेको भित्री भागको किनाराको स्वरूप फेरिएको हुन सक्छ।

यसबारे गरिएको अनुसन्धान नेचर जिओसाइअन्सु वैज्ञानिक शोधपत्रिकामा प्रकाशित भएको छ। पृथ्वीको आन्तरिक कोरको गति पृथ्वीले परिक्रमा गर्ने गतिभन्दा किन घट्यो र सन् २०१० मा फेरि किन बढ्यो भन्ने प्रश्नको उत्तर वैज्ञानिकहरूले खोज्ने प्रयास गरेका थिए।

वरिपरिको चुम्बकीय क्षेत्रले पृथ्वीको कसरी रक्षा गर्छ र त्यो कमजोर हुँदै जान्छ कि जाँदैन वा हराउन सक्छ कि सक्दैन भन्ने बुझ्न पृथ्वीको भित्री भागमा रहेको कोर बारे बुझ्न आवश्यक हुन्छ।

हाम्रो ग्रहको भित्रपट्टि निकै रहस्यहरू छन्। कोर पृथ्वीको सतहबाट ४ हजार माइल भित्र छ। निकै प्रयास गर्दा पनि वैज्ञानिकहरू उक्त भागसम्म पुग्न सकेका छैनन्।

त्यसैले त्यहाँ लुकेका रहस्यहरू बुझ्न केही वैज्ञानिकहरूले भूकम्प जाँदा उत्पन्न र प्रसारित तरङ्गहरूको मापन गरेका छन्। ती तरङ्गहरू फैलिने शैलीले आन्तरिक कोरमा भएको सहित तिनले यात्रा गर्दै आएको पदार्थको प्रकारबारे बताउँछन्। त्यसबाट हाम्रो पैतलामुनि पृथ्वीभित्र के छ भन्ने कुराको संकेत मिल्छ।

अहिले गरिएको नयाँ विश्लेषणले सन् १९९१ देखि २०२३ सम्म उही स्थानमा भूकम्पहरूका कारण सिर्जित तरङ्गको प्रवृत्तिको अध्ययन गरेको थियो। त्यसले समयक्रमसँगै आन्तरिक कोर कसरी परिवर्तित हुँदै गएको छ भन्ने देखाउँछ।

यूनिभर्सिटी अफ सदर्न क्यालिफोर्नियासँग आबद्ध प्रा भिडालले सन् २०१० ताका पृथ्वीको आन्तरिक कोरको गति घटेका वर्षहरूमा यो सिद्धान्तलाई पुष्टि गर्ने थप प्रमाण फेला पारे। उनको टोलीले पृथ्वीको आन्तरिक कोरको स्वरूप पनि फेरिँदै गएको तथ्य फेला पार्‍यो।

आन्तरिक कोरको तापक्रम पग्लिने बिन्दुनजिकै भएको आन्तरिक र बाह्य कोरको सीमामा त्यस्तो परिवर्तन भएको देखिन्छ। बाह्य कोरको तरल पदार्थ प्रवाह तथा असमान गुरुत्वाकर्षणका कारण हुने खिचाइका कारण रूप बिग्रिएको हुन सक्छ।

यो अनुसन्धानमा संलग्न भएका अस्ट्रेलिअन न्याश्नल यूनिभर्सिटीका प्रा हर्भोये काल्चिकका अनुसार अहिले प्रकाशित शोधपत्रले थप अन्वेषण गर्नुपर्ने एउटा रोचक अवधारणा प्रस्तुत गरेको छ।

उनका अनुसार त्यसले वैज्ञानिकहरूलाई आन्तरिक कोरका भिस्कोसिटी जस्ता पदार्थीय गुणहरूबारे सही अनुमान गर्न सहयोग पुर्‍याउँछ।

समयसँगै तरल अवस्थामा रहेको बाह्य कोर जमेर ठोस अवस्थाको भित्री कोर बन्ने क्रममा छ। तर पूरै ठोस बन्न चाहिँ अर्बौँ वर्ष लाग्ने छ।

त्यसपछि पृथ्वीमा जीव र वनस्पतिको अन्त्य अवश्यम्भावी देखिन्छ। तर त्यस बेलासम्म पृथ्वीलाई सूर्यले निलिसकेको पनि हुन सक्छ।

वैज्ञानिकहरूले पृथ्वीको कोरमा के हुन्छ भनेर अन्वेषण र विचारविमर्श गर्दै आएका छन्। प्रा भिडालको अनुसन्धान त्यसकै अङ्ग हो।

विज्ञानमा हामी कुनै कुरा पूरा नबुझिएसम्म त्यसबारे अध्ययन गरिरहन्छौँ, प्रा भिडालले भने।

ूअहिले हामीले पत्ता लगाएको कुराले हाम्रो सामान्य जीवनमा रत्तिभर पनि फरक पार्दैन। तर हामी पृथ्वीको मध्यभागमा के हुँदै भनेर साँच्चै पत्ता लगाउन चाहन्छौँ।

पृथ्वीको चुम्बकीय क्षेत्रमा उत्पन्न परिवर्तनसँग पृथ्वीको आन्तरिक कोरमा देखा परेको स्वरूप परिवर्तनको सम्बन्ध रहेको हुन सक्छ।

विगतका केही दशकमा विभिन्न पटक चुम्बकीय क्षेत्रमा अकस्मात् उतारचढाव आएको छ। अनि हामी हामीले पृथ्वीको आन्तरिक कोरको किनारामा देखेको कुराको कतै त्यसको सम्बन्ध छ कि भनेर जान्न इच्छुक छौँ, उनले भने।

प्रा भिडालले यो अध्ययनको परिणामलाई देखाउँदै पृथ्वी परिक्रमा गर्न रोकेर तत्काल अडिन्छ भन्ने आशयसहित बढाइचढाइ नगर्न चेतावनी दिए।

उनका अनुसार धेरै कुराहरूमा अझ अन्योल कायम छ।

वैज्ञानिक ज्ञानको सीमा सधैँ परिवर्तन भइरहने बताउँदै उनले भने, हामीले गरेको विश्लेषण शत प्रतिशत सही छ भन्ने कुरामा हामी ढुक्क छैनौँ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट