काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीबीचको त्तिक्तता बढेको छ । ट्रम्पले जेलेन्सकीलाई तानशाहको आरोप लगाएका छन्।
ट्रम्पको यो अभिब्यक्ति जेलेन्सकीले साउदी अरबमा भएको अमेरिका–रुस वार्तामा कीभलाई समावेश नगरिएकोमा जनाएको प्रतिकृयापछि आएको हो।
जेलेन्सकीले प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति ‘मस्कोद्वारा सञ्चालित भ्रामक जानकारीको संसारमा बसिरहेको’ बताएका थिए। ट्रम्पले भने, ‘कमेडियन जेलेन्स्की वास्तवमै एक मात्र कुरामा कुशल देखिए त्यो भनेको जो बाइडेनलाई सजिलै नचाउन सक्नु हो।’
उनले जेलेन्सकीलाई ‘तानसाह’ भनेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन् ‘उनी चुनाव गर्न अस्वीकार गर्छन्। उनी युक्रेनका वास्तविक सर्वेक्षणहरूमा निकै कमजोर छन्। जब प्रत्येक सहर ध्वस्त भइसकेको छ भने कसरी लोकप्रिय हुन सक्छ ?’ ट्रम्पले भने।
उनले युक्रेनबाट दुर्लभ खनिज ल्याउने आफ्ना योजनाको पनि उल्लेख गर्दै जेलेन्स्कीको सरकारलाई ‘सम्झौता तोडेको’ आरोप लगाए।

प्रतिक्रिया दिनुहोस