२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रुसी आक्रमणको ४ वर्ष, युक्रेनको पुनर्निर्माणमा ५ खर्ब डलर चाहिने

बुधवार , फाल्गुण १४, २०८१

किएभ, एएफपी । चौथो वर्षमा प्रवेश गरेको रुसी आक्रमणबाट भएको क्षति मर्मत गर्न युक्रेनलाई ५ खर्ब डलरभन्दा बढी आवश्यक पर्ने मंगलबार प्रकाशित संयुक्त मूल्यांकनमा उल्लेख छ ।

“अर्को दशकमा युक्रेनमा पुनर्निर्माण र पुनर्प्राप्तिको कूल लागत पाँच खर्ब २४ अर्ब डलर हुनेछ”, युक्रेन, विश्व बैंक समूह, युरोपेली आयोग र संयुक्त राष्ट्रसंघले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, “यो सङ्ख्या सन् २०२४ का लागि युक्रेनको अनुमानित नाममात्रको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को लगभग दुई दशमलव आठ गुणा हो ।”

सर्वेक्षणले सन् २०२२ फेब्रुअरीमा आक्रमण सुरुआतदेखि सन् २०२४ डिसेम्बरसम्म भएको विनाशलाई समेटेको थियो ।

सर्वेक्षणले देशको १३ प्रतिशत आवास क्षतिग्रस्त वा नष्ट भएको र यसले २५ लाखभन्दा बढी घरपरिवारलाई प्रभावित पारेको पाएको छ ।

सर्वेक्षणअनुसार पूर्व, उत्तर र दक्षिणका अग्रपङ्क्ति क्षेत्रहरूमा तीन–चौथाई क्षति भएको छ ।

“यो मूल्यांकनले रुसले युक्रेनमा पारेको असाधारण क्षतिलाई प्रकाश पार्छ”, विस्तारका लागि इयु आयुक्त मार्टा कोसलाई उद्धृत गरिएको छ ।

यसअघि सन् २०२४ को फेब्रुअरीमा गरिएको सर्वेक्षणमा युक्रेनलाई आगामी दशकमा चार खर्ब ८६ अर्ब डलरको आवश्यकता पर्ने उल्लेख गरिएको थियो ।

पुनर्प्राप्ति कार्यक्रमले अहिलेसम्म ऊर्जा पूर्वाधार र घरहरू मर्मत गर्नेमा ध्यान केन्द्रित गरेको छ, किनकि रुसले युद्धग्रस्त देशको बिजुली ग्रिडमा आक्रमण जारी राखेको छ र यसले नियमित रूपमा लाखौँ मानिसलाई अस्थायी विद्युत कटौतीमा डुबाउँदै लगेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट