२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

दक्षिण कोरियामा पुल भत्किँदा ४ जनाको मृत्यु, ६ जना घाइते

बुधवार , फाल्गुण १४, २०८१

काठमाडौं । दक्षिण कोरियाको राजमार्ग निर्माण स्थलमा मंगलबार पुल भत्किँदा चार जना कामदारको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएको अग्नि नियन्त्रण अधिकारीहरुले बताएका छन् ।

पुलमाथि राखिएको चार वा पाँच प्लेटहरू मिलेर बनेको संरचना सियोलबाट लगभग ६५ किलोमिटर दक्षिणमा रहेको आन्सेओङमा रहेको राजमार्ग निर्माण स्थलमा भत्किएको थियो । जमिनमा लडेर भग्नावशेषमा पुरिएका १० जना कामदारमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।

अन्य पाँच जना गम्भीर घाइते भएका छन् भने एक जना सामान्य घाइते भएका छन् । क्रेन प्रयोग गर्ने र माथिल्लो प्लेटहरूलाई खाँबोहरू बीच जोड्ने क्रममा भत्किँदा दुर्घटना भएको हो । अग्नि नियन्त्रण अधिकारीहरूले उद्धार कार्यका लागि ९२ वटा उपकरण र लगभग १७० जना कर्मचारी परिचालन गरेका छन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट