२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बबरमहल फुटपाथ निर्माण अलपत्र (तस्बिरहरु)

सोमवार , फाल्गुण १९, २०८१

काठमाडौं । काठमाडौंको बबरमहल क्षेत्रमा रहेका बिजुलीका तार भूमिगतका साथै फुटपाथ मर्मत र विस्तारको काम अहिले रोकिएको छ ।

काठमाडौंको मुख्य सडकखण्डमध्ये एक बबरमहल खण्ड हाल फुटपाथ सुधारका नाममा अस्तव्यस्त अवस्थामा छ। पैदलयात्रीलाई सहज बनाउन सुरु गरिएको यो योजना निर्माणका क्रममा रोकिन पुगेपछि अहिले पैदल यात्रुहरु झन् जोखिम मोलेर सडकको छेउछाउबाट हिँड्न बाध्य छन्।

सडक विभागले फुटपाथ सुधारका लागि पुरानो संरचना भत्कायो, तर निर्माण कार्य महिनौँदेखि अलपत्र छोडिएको छ। बबरमहल अत्यधिक चाप हुने क्षेत्र पनि हो। यो खण्ड सिंहदरबारको नजिकै पर्छ, जहाँ नीति(निर्मातादेखि उच्चपदस्थ अधिकारीहरूको नियमित आवतजावत हुन्छ।

आधा भत्किएको, फोहोरले भरिएको र अव्यवस्थित बनेपछि पैदलयात्री सडकबाट नै हिँड्न बाध्य छन्, जसले जोखिम झन् बढाएको छ।

नेपाल विद्युत प्राधिकरणले बबरमहल क्षेत्रमा भूमिगत तार बिच्छ्याउने काम गरिरहेको छ। यो काम अत्यावश्यक भए पनि, निर्माणका क्रममा हुने ढिलाइले सडक सुधारका अन्य कामलाई समेत प्रभावित पारेको छ। जबसम्म भूमिगत प्रसारण लाइनको काम सम्पन्न हुँदैन, तबसम्म फुटपाथ निर्माणले गति लिन नसक्ने देखिन्छ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ