२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

राष्ट्रपति ट्रम्पले आफ्नो योजना मंगलबार संसदमा पेश गर्ने

सोमवार , फाल्गुण १९, २०८१

वासिङ्टन, एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्ने भएका छन् । उक्त अवसरमा उनले अमेरिकी राष्ट्रपतिका रूपमा संयुक्त राज्य अमेरिका र विश्वका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन् ।

सन् २०२० को चुनावमा पराजयपछिको चार वर्षपछि अमेरिकी संसद भवनमा हुने उनको यो पहिलो सम्बोधन हो ।

रिपब्लिकन राष्ट्रपतिले आफ्नो कार्यकालको पहिलो ४३ दिनमा जारी गरिएको कार्यकारी आदेशको पुनरावलोकन गर्ने र बाँकी एक हजार ४१९ दिनको खाका पेश गर्ने अपेक्षा गरिएको छ ।

अलाबामाका सिनेटर तथा पूर्व फुटबल प्रशिक्षक टोमी ट्युबरभिलले इन्स्टाग्राममा भनेका छन्, “राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनको अहिलेसम्मको जितलाई उजागर गर्ने र आगामी चार वर्षका लागि ‘गेम प्लान’ प्रस्तुत गर्नुहुनेछ ।’’

“एउटा कुरा निश्चित छ, यो पूर्व राष्ट्रपति जो बाइडनको नेतृत्वमा विगत चार वर्षमा हामीले भोगेको ‘जोकर शो’भन्दा धेरै फरक हुनेछ,” रिपब्लिकन सांसद ट्युबरभिलले भने ।

प्रतिविम्ब परिवर्तन

ट्रम्पले आफ्ना अर्बपति सल्लाहकार एलन मस्कसँग मिलेर राष्ट्रपतिको ‘मेक अमेरिका ग्रेट अगेन’ एजेन्डा कार्यान्वयन गर्न कडा र छिटो प्रयास गर्ने आशय देखाइ सकेका छन्, चाहे यसको अर्थ, उनको अधिकारको संवैधानिक सीमाको परीक्षण गर्नु वा सहयोगीहरूसँगको सम्बन्धलाई तनावपूर्ण बनाउनु नै किन नहोस्।

पदभार ग्रहण गरेदेखि नै ट्रम्पले एकतर्फी रूपमा संघीय निकायहरू विघटन गर्ने, हजारौँ सरकारी कर्मचारीहरूलाई बर्खास्त गर्ने र क्युबाको ग्वान्टानामो बेस्थित अमेरिकी सैन्य शिविरमा कागजातविहीन आप्रवासीहरूलाई राख्न थालेका छन् ।

उनले क्यानडालाई गाभ्ने, आवश्यक परेको खण्डमा आर्थिक बल प्रयोग गर्ने र संयुक्त राज्य अमेरिकालाई बलियो बनाउन युरोपेली सङ्घ गठन गरिएको दाबीसमेत गरेका छन् ।

शुक्रबार ओभल अफिसमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ट्रम्पको असाधारण चर्काचर्कीमा उनले आफ्ना युक्रेनी समकक्षीको आलोचना गरेका थिए यो अमेरिकी प्रतिविम्ब परिवर्तनको पछिल्लो उदाहरण मात्र थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट