२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

युरोपको रक्षा र युक्रेनलाई थप सैन्य सहयोग दिन आठ खर्ब युरो योजना सार्वजनिक

मंगलवार , फाल्गुण २०, २०८१

ब्रसेल्स, एएफपी । युरोपेली संघ (इयु) की प्रमुख उर्सुला भोन डेर लेयनले मङ्गलबार युरोपको रक्षाका लागि करिब ८ खर्ब युरो परिचालन गर्ने योजना प्रस्तुत गरेका छिन् । वासिङ्टनले सहायता निलम्बन गरेपछि युक्रेनलाई ‘तत्काल’ सैन्य सहयोग उपलब्ध गराउन सहयोग गर्ने पाँच भागको योजना प्रस्तुत गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको शान्ति सम्झौताका लागि वासिङ्टनको दबाबलाई तीव्र पार्दै र किएभको युद्ध प्रयासलाई समर्थन गर्न आफ्ना युरोपेली सहयोगी र साझेदारहरूबाट टाढा रहेको पुष्टि गर्दै सहायता रोक्ने घोषणा गरेको केही घण्टापछि यो कदम चालिएको हो ।

“हामी एक नयाँ युगमा प्रवेश गरिरहेका छौँ”, युरोपेली आयोग प्रमुखले युक्रेनलाई समर्थन र युरोपको रक्षा बढाउने लक्ष्यका साथ हुने शिखर सम्मेलनको दुई दिनअघि युरोपेली नेताहरूलाई पत्रमा लेखे ।

“‘युरोपलाई पुनः सशस्त्र गर्ने’ योजनाले एक सुरक्षित र लचिलो युरोपका लागि करिब आठ खर्ब युरोको रक्षा खर्च जुटाउन सक्छ”, भन्दै भन डेर लेयेनले पत्रकारहरूलाई योजनाको रूपरेखा प्रस्तुत गरे। उक्त योजनाको रूपरेखामा एक खर्ब ५० अर्ब युरोको ऋण सुविधा र ठूलो मात्रामा रक्षा लगानी गर्न मुक्त गर्ने कदमहरू समावेश छन् ।

सदस्य राज्यहरूको स्वीकृति आवश्यक पर्ने प्रस्तावहरू अन्तर्गत कोष कति चाँडो उपलब्ध हुन सक्छ र यसले किएभलाई मोर्चामा कति चाँडो समर्थन दिन सक्छ भन्ने तुरुन्तै स्पष्ट थिएन ।

“यसले केही खरिदहरूलाई वित्त पोषण वा तीव्र बनाउन सक्छ”, युरोपेली विदेश सम्बन्ध परिषद्का कामिल ग्राण्डले भने, “परिणामहरू ‘तत्काल’ भन्दा पनि सम्भवतः हप्ता वा महिनाहरूमा देखा पर्नेछन्, तर यसले अन्तर पार्छ, किनकि त्यही बेला अमेरिकी प्रतिबन्धहरू लागू हुन थाल्नेछन्”, उनले भने ।

पाँच बुँदे योजना

इयुलाई कडा बजेट नियमहरू सजिलो बनाउन प्रस्ताव गर्छ । यसबाट राज्यहरूलाई कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को तीन प्रतिशतभन्दा कम सार्वजनिक घाटा कायम राख्न बाध्य पार्ने हुनाले उनीहरूलाई रक्षामा खर्च बढाउन अनुमति दिन्छ ।भोन डेर लेयेनले यो उपायले चार वर्षमा छ खर्ब ५० अर्ब युरो मुक्त गर्न सकिने सुझाव दिए ।

दोस्रो योजनाले सदस्य राज्यहरूलाई रक्षा लगानीका लागि एक खर्ब ५० अर्ब युरोको ऋण उपलब्ध गराउन नयाँ ‘साधन’ को आह्वान गरेको छ ।“हामी प्यान–युरोपेली क्षमता क्षेत्रहरूका बारेमा कुरा गर्दैछौँ – उदाहरणका लागि, हवाई र मिसाइल रक्षा, तोपखाना प्रणालीहरू, मिसाइल र गोला–बारूद ड्रोन र एन्टी–ड्रोन प्रणालीहरू”, भोन डेर लेयेनले भने, “यस उपकरणका साथ, सदस्य राष्ट्रहरूले युक्रेनलाई आफ्नो समर्थन बढाउन सक्छन् । त्यसैले युक्रेनका लागि तत्काल सैन्य उपकरणहरू ।”

तेस्रो घटकले मौजुदा इयुको बजेट ‘रक्षा–सम्बन्धी लगानीतर्फ अझ बढी कोष निर्देशित गर्न’ संलग्न गर्नेछ । त्यसमा सदस्य राज्यहरूलाई कमजोर युरोपेली मुलुकहरूको विकासका लागि लक्षित ‘सामञ्जस्य’ कोषलाई रक्षाका लागि पुनः प्रयोग गर्न अनुमति दिने कुरा समावेश हुनेछ ।

कार्यका अन्तिम दुई क्षेत्रले इयुको ऋण शाखा युरोपेली लगानी बैंकसँग सम्बन्धित हुनेछ । इयुका राज्यहरू रक्षा कम्पनीहरूलाई ऋण दिने सीमा हटाउन र कम्पनीहरूलाई पूँजी पहुँच गर्न सहायता गर्न बचत र लगानी संघ बनाउन चाहन्छन् ।

मङ्गलबार युरोपेली सङ्घका नेताहरूलाई पठाएको छुट्टै पत्रमा युरोपेली बैंककी अध्यक्ष नादिया क्याल्भिनोले इयुको ‘नयाँ नीतिगत प्राथमिकताहरू’ सँग मेलमिलाप गर्न योग्य लगानीको दायरा ‘थप फराकिलो’ बनाउन आह्वान गर्ने बताए ।

एक युरोपेली अधिकारीका अनुसार यसले हाल दोहोरो प्रयोग नागरिक र सैन्य वस्तुहरूको सट्टा शुद्ध रक्षा परियोजनाहरूलाई योग्य बनाउनेछ र सुरक्षा र रक्षा लगानीमा आठ अर्ब युरोको सीमा हटाउनेछ ।

यसले बैंकलाई हेलिकप्टर जस्ता वास्तविक नागरिक प्रयोगविहीन ठूला स्तरका रणनीतिक परियोजनाहरू र वस्तुहरूलाई समर्थन गर्न अनुमति दिनेछ ।

ब्रसेल्समा बिहीबारको शिखर सम्मेलनमा युरोपले संयुक्त राज्य अमेरिकाले युक्रेनलाई र व्यापक रूपमा आफ्ना युरोपेली सहयोगीहरूलाई दीर्घकालीन समर्थन फिर्ता लिने स्पष्ट सम्भावनाको विचार गर्दैछ । शिखर सम्मेलनमा सप्ताहन्त सङ्कट वार्तामा बेलायत र नाटो पनि संलग्न थिए ।

ब्रसेल्सले सदस्य राज्यहरूलाई तत्काल एक नयाँ महत्त्वपूर्ण हतियारको प्याकेज सुपुर्द गर्न सहमत हुन दबाव दिँदैछ तर बिहीबार सम्झौता हुने स्पष्ट थिएन ।

तथापि युरोपेली नेताहरूबीच रुसविरुद्ध आफ्नो रक्षा मजबुत गर्न सैन्य खर्च उल्लेखनीय रूपमा बढाउने आवश्यकतामा व्यापक सहमति देखा परेको छ । यो ट्रम्प प्रशासनको नाटो सहयोगीहरूप्रतिको एक प्रमुख माग हो ।

“युरोपले एक स्पष्ट र वर्तमान खतरा सामना गर्दैछ जो हाम्रो वयस्क जीवनमा कहिल्यै देखिएको थिएन”, भोन डेर लेयेनले रक्षा विकल्पहरूको व्याख्या गर्दै लेखे, “हामी सबैभन्दा महत्त्वपूर्ण र खतरनाक समयमा बाँच्दै छौँ, यो युरोपको लागि एक क्षण हो र हामी उठ्न तयार छौँ ।”

सम्बन्धित समाचार

ट्रम्पले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहायता रोके

युक्रेनमा सैन्य सहायता र रुसमाथि आर्थिक दबाव कायमै राख्ने युरोपको निर्णय, के छ चारबुँदे सहमति ?

युक्रेनलाई जोगाउन अमेरिकालाई घेरावन्दी गर्दै युरोप, लन्डन शिखर सम्मेलनको तयारी

जेलेन्स्की र ट्रम्पबीच चर्काचर्कीपछि युरोप युक्रेनको पक्षमा उभियो, के होला नेटो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट