२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रशिद्ध तीर्थस्थल केदारनाथमा ४० अर्बमा केबुलकार बन्ने, भारत सरकारले दियो स्वीकृती

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौं । नेपालमा धार्मिक स्थलमा केबुलकार बनाउन विरोध भएका बेला विश्वको प्रसिद्ध हिन्दू धाम केदारनाथमा झण्डै १३ किलोमिटरको केबुलकार परियोजना बन्ने भएको छ । केबुलकार परियोजना अघि बढाउन भारतको मन्त्रिपरिषदबाट स्वीकृत भएको छ ।

भारतको प्रेस इन्फरमेसर ब्युरोका अनुसार भारतको सोनप्रयागबाट केदारनाथसम्म पुग्ने १२.९ किलोमिटर लामो केबुुलकार परियोजना मोदी नेतृत्वको सरकारले स्वीकृत गरेको हो । नेपालमा प्रसिद्ध पाथिभरा माताको दर्शन गर्ने ठाउँसम्म केबुलकार निर्माण थाल्दा पहिचानवादीले आन्दोलन गरेर अवरोध सिर्जना गरिरहेका बेला भारतले प्रशिद्ध केदारनाथ धाममा केबुलकार बनाउने अनुमति दिएको हो ।

परियोजना ४० अर्ब भारतीय रुपैयाँ (भारु) लाग्ने बताइएको छ । केबुलकार परियोजना सार्वजनिक नीजि साझेदारी (पिपिपी) मोडेलमा बन्ने भएको बताइएको थियो । केबुलकार सञ्चालनमा आएपछि केदारनाथ पुग्न ९ घण्टाको यात्रालाई ३६ मिनेटमा छोट्याउने छ।

नेपालमा प्रसिद्ध पाथिभरा माताको दर्शन गर्ने ठाउँसम्म केबुलकार निर्माण थाल्दा पहिचानवादीले आन्दोलन गरेर अवरोध सिर्जना गरिरहेका बेला भारतले प्रशिद्ध केदारनाथ धाममा केबुलकार बनाउने अनुमति दिएको हो ।

केबुलकार सञ्चालनमा आएपछि केदारनाथ दर्शन गर्न जाने श्रद्धालुलाई सहज हुने र समय तथा पैसाको खर्च पनि कम हुने प्रधानमन्त्री मोदीले बताएका छन् । प्रधानमन्त्री मोदी केदारनाथ दर्शन गर्न गइरहन्छन् ।

पाथिभरामा केबुलकार बनाउन नहुने भन्दै आन्दोलन गरिरहेका पहिचानवादीहरुले केदारनाथमा केबुलकार नबनेको उदाहरण प्रस्तुत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट