२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

हमासले बन्धकलाई रिहा नगरे ‘नारकीय’ परिणाम भोग्न तयार हुनुपर्छ : राष्ट्रपति ट्रम्प

बिहिवार , फाल्गुण २२, २०८१

वासिङ्टन, एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजामा युद्धरत प्यालेष्टिनी समूहलाई बन्धक त्याग्न वा ‘नरक’को सामना गर्न तयार रहनुपर्ने चेतावनी दिएका छन् । उनले हमास लडाकू समूहको नेतृत्वलाई गाजा क्षेत्र खाली गर्न पनि निर्देशन दिएका छन् ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा गरेको पोस्टमा भनेका छन्, “सही निर्णय लिनुहोस्। बन्धकहरूलाई अहिले नै छोडिदिनुहोस्, नत्र पछि यसको परिणाम नरक हुनेछ”

उनले भनेका छन्, “गाजाका जनताका लागि एक सुन्दर भविष्यले पर्खिरहेको छ तर यदि तपाईं बन्धकहरू रिहा गर्नुभएन भने त्यो सम्भव हुने छैन ।”

सोही पोस्टमा अमेरिकी नेताले हमासलाई भनेका छन्, “सबै बन्धक र तपाईंले हत्या गरेका मानिसहरूका सबै शवहरू पछि होइन तुरून्तै अहिले नै फिर्ता गर्नुहोस्।”

“यो तपाईंको लागि अन्तिम चेतावनी हो, हमाससँग, (तपाईंसँग) अझै पनि अवसर छ त्यो हो, अब गाजा छोड्ने समय आएको छ,” उनले लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, “म इजरायललाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदैछु, यदि तपाईंले मैले भनेजस्तो गर्नुभएन भने हमासका कुनै पनि सदस्य सुरक्षित हुने छैनन् ।”

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आकस्मिक आक्रमणमा पक्राउ परेका मध्ये पाँच जना अमेरिकी पनि रहेको विश्वास गरिएको छ । तीमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने अर्का एडान अलेक्जेन्डर जीवितै रहेको बताइएको छ ।

इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूका लागि इजरायली बन्धकहरूको आदानप्रदान सहित छ हप्ताको सापेक्षिक शान्तिपछि युद्धविरामको पहिलो चरण गत सप्ताहन्तमा समाप्त भएको थियो ।

इजरायलले पहिलो चरण अप्रिलको मध्यसम्म लम्ब्याउन चाहेको बताइरहँदा हमासले भने दोस्रो चरणमा प्रवेश गर्नुपर्नेमा जोड दिएको छ।

अमेरिकासँग प्रत्यक्ष वार्ता

हमासका अधिकारीहरूले बुधबार गाजामा बन्धक बनाइएका व्यक्तिलाई मुक्त गर्ने सम्बन्धमा अमेरिकी दूतसँग प्रत्यक्ष वार्ता गरेको बताएका छन्।

“हमास र विभिन्न अमेरिकी सञ्चार च्यानलबीच धेरै पटक कुराकानी भएको र पछिल्लो पटक इजरायलका लागि अमेरिकी राजदूतसँग वार्ता भएको छ र अमेरिकी नागरिकता लिएका इजरायली जीवित र मृतक दुवै कैदीको विषयमा छलफल भएको छ,” हमासका एक अधिकारीले नाम नबताउने शर्तमा भने ।

हमासका अन्य वरिष्ठ अधिकारीले ‘हालैका दिनमा दोहामा हमास र अमेरिकी अधिकारीबीच दुई पटक प्रत्यक्ष बैठक भएको’ पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट