काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले बिहीबार वैवाहिक जीवनमा बाँधिएका छन् । राजधानीको कार्की ब्यांक्वेटमा उनीहरुको वैवाहिक समारोह चलिरहेको छ ।
विवाह समारोहमा दुवै तर्फका परिवार, आफन्त र निकट संगीतकर्मी सहभागी छन् । विवाहमा पुग्नेहरूले उनीहरूलाई बधाई दिइरहेका छन् ।
विवाह अगाडि हल्दी, मेहेन्दी लगायतका सेरेमोनी आयोजना भएको थियो । दुवैले गत असारमा दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेका थिए । यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस