२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल शिक्षक महासङ्घद्वारा काठमाडौंमा प्रदर्शन (तस्बिरहरु)

शनिवार , फाल्गुण २४, २०८१

काठमाडौं । नेपाल शिक्षक महासङ्घले काठमाडौंमा प्रदर्शन गरेको छ । पहिलो चरणको आन्दोलन अन्तर्गतको अन्तिम कार्यक्रम अन्तर्गत शिक्षकहरूले माइतिघरदेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् ।

आजको आन्दोलनमा महासङ्घले ७७ वटै जिल्लाहरूबाट ३६ हजार १०० जना शिक्षकहरूलाई माइतीघर मण्डलामा उतार्ने लक्ष्य राखेको थियो ।

आन्दोलनमा सहभागी हुनका लागि महासंघले विभिन्न समूहमा विभाजन गरेको थियो । जसमा समूह ‘क’ अन्तर्गत रहेका जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरबाट सबै शिक्षक कर्मचारीलाई आन्दोलनमा सहभागी हुन भनिएको थियो ।

तीन जिल्लाबाट सात हजार ५०० शिक्षक आन्दोलनमा सहभागी हुने महासङ्घले लक्ष्य राखेको थियो । त्यस्तै समूह ‘ख’ अन्तर्गतका तीन जिल्लाबाट तीन हजार, समूह ‘ग’ अन्तर्गतका २९ जिल्लाबाट १७ हजार ४००, समूह ‘घ’ अन्तर्गतका १३ जिल्लाबाट तीन हजार ९००, समूह ‘ङ’ अन्तर्गतका १९ जिल्लाबाट तीन हजार ८७०० र समूह ‘च’ अन्तर्गतका जिल्लाहरूबाट ५०० शिक्षकहरूलाई काठमाडौँ पठाउन भनेको थियो ।

आन्दोलन परिचालनका लागि प्रत्येक सदस्यबाट १०० रुपैयाँ शुल्क उठाउन र सो मध्ये ५० रुपैयाँ राष्ट्रिय समितिलाई उपलब्ध गराउन महासङ्घले निर्देशन दिएको छ ।

नेपाल शिक्षक महासङ्घसँग विगतमा भएका सबै सहमति सम्बोधन हुनेगरी अग्रगामी शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले महासङ्घले माघ २० गतेदेखि आन्दोलन गर्दै आएको छ ।

फागुन १७ गतेसम्म पहिलो चरणको आन्दोलन अन्तर्गत स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्र गरेर आन्दोलनका विभिन्न कार्यक्रम गरेको थियो । यसअघि गत वर्षको असोजमा देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँका सडकमा उत्रिएका थिए ।

सडकमै लम्पसार भएर सुतेका थिए । त्यसपछि सरकारले दुईपटक सहमति गरेको थियो । सहमति अनुसार विद्यालय शिक्षा विधेयकमा मागहरू समावेश गर्ने भन्ने थियो ।

तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ