२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अर्को वर्षदेखि सिद्धार्थ बैंकको सेयरधनीलाई लाभांश दिने क्षमता १५ प्रतिशत पुग्ने

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । केही वर्षयता बैंकिङ क्षेत्र समस्यामा परेको छ । खराव कर्जा अनुपात बढ्दै गएपछि बैंकहरुले सेयरधनीलाई आकर्षक प्रतिफल दिन सकेको छैन् ।

यता सिद्धार्थ बैंकले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई साढे १४ प्रतिशत लाभांश दिने क्षमता हुँदाहुँदै वितरणयोग्य नाफामा संकुचन आएपछि बैंकले ४ प्रतिशत मात्र अर्थात ५६ करोड ३६ लाख रुपैयाँ नगद लाभांश वितरण गरेको छ ।

बैंकले आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ को खुद नाफाबाट १ अर्ब ४६ करोड बराबर रकम ऋणपत्रका लागि भुक्तानी कोषसहित अन्य विभिन्न वैधानिक जगेडा कोष तथा नियमनकारी कोषमा रकम विनियोजन गर्दा लाभांश घटेको बैंकका अध्यक्ष मनोजकुमार केडियाले सम्पन्न २३ औं वार्षिक साधारणसभामा जानकारी दिएका हुन् ।

वार्षिक साधारणसभामा सेयरधनीले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष केडियाले बैंकको १४.५ प्रतिशतको वास्तविक लाभांश क्षमता हुँदाहुँदै पनि वितरणयोग्य नाफामा संकुचन आउँदा ५६ करोड ३६ लाख बराबरको अर्थात ४ प्रतिशत मात्र नगद लाभांश स्वीकृत भएको बताएका छन् ।

ऋणपत्रको लागि विनियोजित रकम ऋणपत्र परिपक्व भएपछि सेयरधनीहरुलाई नै वितरण गरिने उनले जानकारी दिएका छन् । पुँजीकोष निर्माण गर्न बैंकले विभिन्न मितिहरुमा जारी गरेका ऋणपत्रहरु आर्थिक वर्ष २०८२०/८३ बाट परिपक्व हुन प्रारम्भ हुने जानकारी बैंकले दिएको छ । आर्थिक वर्ष २०८२/८३ देखि २ अर्ब १६ करोड, २०८३/८४ मा २ अर्ब ५० करोड र २०८४/८५ मा ३ अर्ब रुपैयाँ परिपक्व हुने अध्यक्ष केडियाले जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०८०/८३ बाट बैंकको लाभांश क्षमतामा उल्लेख्य वृद्धि हुने भएको छ । यसरी ऋणपत्र भुक्तानी कोषमा विनियोजित रकमबाट मात्रै कम्तीमा १५ प्रतिशत हाराहारीको लाभांश बाड्न सक्ने क्षमताको निर्माण हुने जाकारी बैंकले दिएको छ ।

यसका अतिरिक्त बैंकले नियमित आर्जन गर्ने प्रत्येक वर्षको खुदनाफाबाट सिर्जित लाभांशसमेत जोड्दा बैंकले आकर्षक प्रतिफल दिने उनले सभालाई जानकारी गराएका थिए ।

यसले बैंकको पुँजी वृद्धिमा ठूलो योगदान पुर्याउने उनको भनाई छ । साथै, पुँजीकोष व्यवस्थापनको लागि बैंकको प्रति सेयर आम्दानी र स्वपूँजीमा प्रतिफलमा असर नगर्ने गरी बैंकले ३ अर्ब ५० करोड रुपैंया बराबरको एसबिएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ ।

देशको अर्थतन्त्रमा थुप्रै किसिमका समस्याहरु आइरहेको अवस्था छ, विशेष गरी कोभिड महामारीपछि आएका केही समस्याहरूले अझै पनि निरन्तरता पाएको कारणले ऋणीहरुमा वित्तीय रुपमा अत्यन्त असहज परिस्थिती सृजना हुँदा कर्जा नोक्सानी व्यवस्था बढ्न गएको बैंकले जनाएको छ ।

त्यसैगरी चालु पुँजी कर्जा मार्गदर्शनका केही व्यवस्थाहरूको कारण पनि कर्जा नोक्सानी व्यवस्था बढेको छ । चालू पुँजी कर्जा मार्गदर्शनले ल्याएको कर्जा जोखिम व्यवस्थापनका राम्रा पक्षहरूलाई बैंकले कार्यान्वयनमा ल्याएको बैंकले जनाएको छ ।

आगामी दिनहरुमा पनि कर्जा नोक्सानी व्यवस्था घटाउन यथेस्ट काम गर्दै वितरणयोग्य नाफा बढाउनको लागि बैंकले कर्जा असुली प्रक्रियाहरुलाई चुस्त बनाउन उपयुक्तः योजना र रणनीती बनाएर अघि बढ्ने अध्यक्ष केडियाले जानकारी दिएका छन् ।

१७ औं वाणिज्य बैंकको रुपमा स्थापित सिद्धार्थ बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जानु भन्दा सूचकांकहरुमा पाँचौं ठूलो बैंकको रुपमा रहेकोमा पछिल्लो मर्जरको कारण १२ औं स्थानमा रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट