काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द तथा संगीत रहेको छ ।
विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोलाई विशाल निरौलाले सङ्गीत संयोजन गरेका हुन् । गीतको भिडियो लाई के आई डि मिडियाले बजारमा ल्याएको हो ।
गीतको भिडियोमा विक्रम बुढाथोकी र रिना गुरुङको अभिनय रहेको छ । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गरेका हुन् ।
https://youtu.be/ZePZURj_HL4
प्रतिक्रिया दिनुहोस